अविश्वासको प्रस्ताव पारित गरेर देखाउन प्रम ओलीको चुनौती

प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्ताव पारित गरेर देखाउन प्रचण्ड-नेपाल समूहलाई चुनौती दिएका छन् । झापा औद्योगिक पार्कको शिलान्यास गर्दै प्रम ओलीले अविश्वास प्रस्ताव पारित गरेर देखाउन प्रचण्ड-नेपाल समूहलाई चुनौती दिएका हुन् ।

सम्बन्धित सामग्री

आफूलाई हटाएर देखाउन ओलीको चुनौती, प्रचण्ड-नेपाल भन्छन्ः ओली पाहा झैं पछारिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्रीबाट हटाउन प्रचण्ड-माधव समूहलाई चुनौति दिनुभएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै आएको प्रचण्ड-माधव समुहलाई उहाँले लोकतान्त्रिक प्रक्रियामार्फत आफूलाई हटाएर देखाउन चुनौति दिनुभएको हो । सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उहाँले संसदीय दलको नेता फेर्ने चाहाना हो भने आफैले संसदीय दलको बैठक बोलाईदिने सम्म बताउनुभयो । उहाँले भन्नुभयो ‘पार्टीको कमिटीमा आउनुपर्यो । अध्यक्षले बोलाएको बैठकमा आउनुपर्यो । महासचिवले बोलाएको बैठकमा आउनुपर्यो । दलको नेताले बोलाएको बैठकमा आउनुपर्यो । उहाँहरु दलको नेता फेर्नुहोस् न । विधिवत फेर्नुहोस् । बैठक बोलाईदिन्छु । आउनुहोस् न ।’ उहाँले प्रधानमन्त्रीका लागि खोजी भईरहेको भन्दै व्यंग्य गर्नुभयो । उहाँले प्रधानमन्त्री बन्न चाहनेलाई विधि र प्रक्रिया अनुसार संसदीय अभ्यासमा सहभागी हुन पनि चुनौति दिनुभयो । एउटै पार्टीमा भएर पनि अघिल्लो पटक पनि माधव नेपाल, झलनाथ खनालहरुले प्रचण्डलाई उकासेर आफुलाई हटाएको भन्दै उहाँले अविश्वासको प्रस्ताव राखेर आफुलाई हटाएर देखाउन चुनौति दिनुभयो । उहाँले भन्नुभयो ‘प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव राखेर हटाउने होइन गलहत्याएर हटाउने । प्रधानमन्त्री हटाउने विधि, पद्धति, प्रक्रिया थाहा पाउनुभयो नि कस्तो रहेछ भनेर ? प्रजातान्त्रिक अभ्यास कस्तो रहेछ उहाँहरुको ? अविश्वासको प्रस्ताव राखेर हटाउन पाउनुहुन्छ नि उहाँहरुले । हटाउनुहोस् न अविश्वासको प्रस्ताव राखेर । त्यो बाटो नजाने गलहत्याउने । कुन लोकतान्त्रिक अभ्यास भित्र पर्छ यो ?’ अदालतको फैसलापछि देश फेरि अन्यौलमा फसेको दाबी उहाँले गर्नुभयो । राष्ट्रिय राजनीति अस्थिरतातर्फ धकेलिए पनि पार्टी किञ्चित विच्चलित नभई अगाडि बढ्ने र मुलुकलाई अलोकतान्त्रिक बाटोमा जान नदिने प्रतिवद्धता जनाउनुभयो । सरकारले ठिक ढंगले र प्रभावकारी ढंगले काम गरिरेकाले, विकास कामले गति लिएकाले आफुमाथि प्रहार गर्ने काम भएको दाबी उहाँले गर्नुभयो । उहाँले आफूमाथि शारीरिक हमला सम्म हुन सक्ने भन्दै त्यसो भयो भने अनौठो नमान्न तथा प्रतिक्रियावादी तत्वसँग घुँडा नटेक्न पनि कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले पार्टीलाई देशी विदेशी शक्तिहरुबाट आक्रमण भईरहेको दाबी गर्दै ...

प्रचण्डलाई ‘मिस्टर कन्फर्टेवल’ को संज्ञा दिँदै ओलीको चुनौती : ल हटाएर देखाउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई ‘मिस्टर कन्फर्टेवल’ र अर्का अध्यक्ष माधवकुमार नेपाललाई ‘मिस्टर हेल्लो’ को संज्ञा दिनुभएको छ । आइतबार गृहजिल्ला झापामा औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले ‘मिस्टर कन्फर्टेवल’ र ‘मिस्टर हेल्लो’ (प्रचण्ड–नेपाल) ले देश बर्बाद पार्न लागेको आरोप लगाउनुभयो । उहाँले आफू पनि यही देशमा रहेको नबिर्षन चेतावनी दिँदै आफूलाई प्रधानमन्त्री पदबाट हटाएर देखाउन चुनौती दिनुभयो । ‘एउटा मिस्टर हेल्लो, अर्को मिस्टर कम्फर्टेबल, यी दुई मिस्टरहरुले देशलाई बर्बाद पार्न लागेका छन्’ उहाँले भन्नुभयो, ‘तर हामी छौँ यो देशमा, लड्डु खानेहरुलाई म भन्छु–हामी यहीँ छौँ भन्ने नबिर्स।’ प्रचण्डले शुक्रबार एक टेलिभिजन अन्तर्वार्ताका क्रममा नेपाली कांग्रेस, आफू र जनता समाजवादी पार्टी मिल्दा ‘भारतलाई पनि कन्फर्टेवल हुने’ बताउनुभएको थियो । प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपाललाई ‘झुसे बारुला’को संज्ञा दिँदै आफूलाई हटाएर देखाउन चुनौती दिनुभयो । उहाँले प्रचण्ड र माधव नेपालले कांग्रेस र राजपा नेताहरुलाई भेट्न गएकोपनि उनीहरुले वास्ता नगरेपछि निराश भएको बताउनुभयो । ‘सुतिरहेका बूढानीलकण्ठ जान्छन् भनेको उठेको बूढानीलकण्ठ पो पुगेछन् र प्रभू केपी ओलीलाई हटाउनुपर्यो भनेछन्। उहाँले साथीहरुसँग सल्लाह गर्छु भन्नुभयो, विचराहरु अँध्यारो मुख लाएर गएछन्’ ओलीले भन्नुभयो, ‘अर्को ठाउँमा गएर मिलेर जाउँ भनेछन्। त्यहाँ पनि तपाईंहरुको कुन पार्टी हो? भनेपछि झसंग भएछन् ।’ ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव आए त्यसको डटेर सामना गर्ने चेतावनी पनि दिनुभयो ।