कुटनीतिक दवावपछि युक्रेनमा लेपर्ड २ ट्याङ्क पठाउन जर्मनी सहमत, रुसले भन्यो -खतरनाक कदम

युक्रेनले लेपर्ड २ ट्याङ्क पठाउने जर्मनीको निर्णयको स्वागत गरेको छ। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले जर्मनीका चान्सलर स्कोल्जलाई धन्यवाद दिएका छन् । कुटनीतिक दवावपछि ट्याङ्कहरु पठाउन जर्मनी सहमत भएको हो । उनले जर्मनीको निर्णयलाई महत्वपूर्ण र समयसापेक्ष भनेका छन् । फ्रान्स र पोल्याण्डले पनि यो निर्णयको स्वागत गरेका छन् । रुसले भने यसलाई धेरै खतरनाक कदम […]

सम्बन्धित सामग्री

जर्मनी, रोमानिया लगायतका ७१ देशमा रोजगारीको बाटो खुला गरिँदै

काठमाडौं, २१ जेठ। सरकारले दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जर्मनी,रोमानिया,इराक लगायतका ७१ देशमा श्रम स्वीकृतिका लागि पहल अघि बढाएको हो। योजनाअनुसार नेपालसँग द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापित भएका सबै देश वैदेशिक रोजगारीका लागि खुला भएमा थप ७१ सहित कुल १७९ वटा देशमा नेपालीहरुले रोजगारीको लागि जान पाउनेछन्।

जर्मनी पठाउँछु भनेर ठगी गरेको आरोपमा क्रिस्टिना गुरुङ पक्राउ

जर्मनी पठाउँछु भनेर ठगेको आरोपमा महानगरीय प्रहरी वृत्त स्वयम्भूले स्याङ्जा घर भएकी कान्ति राना गुरुङ उर्फ ‘क्रिस्टिना’लाई पक्राउ गरेको छ ।धेरै रकम ठगेको उजुरीको आधारमा उनलाई अनामनगरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए । कुटनीतिक नियोगका मानिसहरुले प्रयोग गर्ने निलो प्लेटको गाडी चढेर हिँड्ने कान्ति रानाले आफूलाई युएनको कर्मचारी डा. क्रिस्टिना भनेर चिनाउँथिन् । उनले युएनको कर्मचारी भनेर नक्कली भिजिटिङ कार्ड समे

टर्कीले नेटो आबद्ध १० देशका राजदूतमाथिको कुटनीतिक संरक्षण हटायो

काठमाण्डाै - टर्कीले नेटो आबद्ध १० देशका राजदूतहरुमाथिको कुटनीतिक संरक्षण हटाएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले अमेरिका, जर्मनी र फ्रान्ससहित १० देशका राजदूतहरुलाई नयाँ नीति स्वीकार गर्न आग्रह गर्नु भएको छ । नीति स्वीकार नभए देश छोड्न उहाँको चेतावनी छ । टर्कीको यो नीतिसँगै १० राष्ट्रका राजदूतहरुमाथि जुनसुकै मुद्दामा छानबिन तथा कारबाही अगाडि बढाउन पाइने भएको बीबीसीले जनाएको छ । विगत चार वर्षदेखि टर्कीको कारागारमा रहेका अभियन्ता ओस्मान कवलाको रिहाइको मागसहित वक्तव्य जारी गरेपछि राष्ट्रपति एर्दोगानले य...

पोखरामा भीआईपीको हाइकिङः हिँडेर थाके, तर प्रकृतिमा रमाए

प्रकृतिसँगको साक्षात्करले दंग परेका उनी बादलले छेकिएको हिमालको तस्वीर खिच्न घरिघरी आफ्नो मोबाइल उनले तेर्स्याइरहे । उनले कास्कीको नौडाँडादेखि कास्कीकोटसम्म हाइकिङ गरेका हुन् । फिनल्यान्ड, श्रीलंका, जर्मनी, बंगलादेशका राजदूत, विभिन्न अन्तर्राष्ट्रिय कुटनीतिक नियोगका प्रतिनिधि पनि उनीसँगै थिए ।

पोखरामा भीआईपीको हाइकिङः हिँडेर थाके, तर प्रकृतिमा रमाए

प्रकृतिसँगको साक्षात्करले दंग परेका उनी बादलले छेकिएको हिमालको तस्वीर खिच्न घरिघरी आफ्नो मोबाइल उनले तेर्स्याइरहे । उनले कास्कीको नौडाँडादेखि कास्कीकोटसम्म हाइकिङ गरेका हुन् । फिनल्यान्ड, श्रीलंका, जर्मनी, बंगलादेशका राजदूत, विभिन्न अन्तर्राष्ट्रिय कुटनीतिक नियोगका प्रतिनिधि पनि उनीसँगै थिए ।

नेपालमा सबैभन्दा बढी चिनियाँ कामदार

रोजगारीका लागि विदेश जाने नेपाली युवाको संख्या बढिरहेका बेला रोजगारीका लागि नेपालमा आउने विदेशीको संख्या पनि बढ्दो क्रममा छ । नेपालमा अनौपचारिक, औपचारिक एवं स्वरोजगारको क्षेत्रमा रोजगारीका लागि श्रम स्वीकृति लिन आवेदन दिने गैरनेपाली नागरिकको संख्या अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा बढेको पाइएको छ । यो संख्या विगत ४ वर्षमा दोब्बरले बढेको छ । आर्थिक वर्ष २०६९÷७० मा ९ सय १० जनाले श्रम स्वीकृति लिएकोमा गत वर्षसम्म १ हजार ९ सय ७२ पुगेको छ । गत आर्थिक वर्षमा नेपालका उत्पादन, सेवा र निर्माण क्षेत्रमा काम गर्ने उद्देश्यले नेपाल आई श्रम स्वीकृति लिने विदेशीको संख्या २ हजार रहेको श्रम विभागले जनाएको छ । तर, यो संख्या श्रम स्वीकृति लिनेकोमात्र भएको श्रम विभाग गैरनेपाली व्यवस्थापन शाखाका प्रमुख नवीन पोखरेलले बताए । “कुटनीतिक क्षेत्रबाहिर नेपालमा ५ महिनाभन्दा बढी बस्ने विदेशीले अनिवार्य रूपमा श्रम स्वीकृति लिएरमात्र काम गर्न पाउने नियम छ,” प्रमुख पोखरेलले कारोबारसँग भने, “श्रम स्वीकृति नलिइ काम गर्ने गैरनेपाली नागरिक अझ धेरै हुन सक्ने भएकाले अनुगमनको काम छिट्टै गर्ने योजना रहेको छ ।” गत आवमा श्रम विभागबाट १ हजार ४ सय ७२ जना विदेशीले श्रम स्वीकृति लिएकोमा यो वर्ष १ हजार ९ सय ७२ पुगेको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी चिनियाँ नागरिक रोजगारीका नेपाल आएको विभागको तथ्यांकमा उल्लेख छ । गत आवमामात्र १ हजार ५ सय ८४ चिनियाँ नागरिक रोजगारीका लागि नेपाल आएको देखिन्छ । विभागका अनुसार यसरी काम खोज्दै आउनेमा दोस्रोमा बेलायती र तेस्रोमा भारतीय रहेका छन् । चालू आवमा बेलायतका ५२ र भारतका ३८ जनाले मात्र विभागबाट कामका लागि स्वीकृति लिएको देखिन्छ । चालू आर्थिक वर्षमा निर्माण क्षेत्रमा १ हजार ४ सय ९४, सेवामूलक क्षेत्रमा ४ सय ६ र उत्पादनमूलक क्षेत्रमा ७३ विदेशी कार्यरत रहेको विभागको तथ्यांकमा उल्लेख छ । विदेशी धेरै काम गर्ने संस्थामा निजी, एनजीओ, आईएनजीओ र सरकारी संस्था धेरै रहेको देखिन्छ । यसमध्ये पनि निजी क्षेत्रमा काम गर्ने विदेशीको संख्या धेरै छ । गत वर्षमात्र निजी क्षेत्रमा काम गर्ने गरी १ हजार ३ सय ७५ विदेशीले विभागबाट श्रम स्वीकृति लिई रोजगार भिसाको लागि अध्यागमन विभागबाट भिसा लिएको प्रमुख पोखरेलले जानकारी दिए । “श्रम स्वीकृति लिएपछि मात्र विदेशीले रोजगार भिसा प्राप्त पर्ने गरेका कारण राम्रा कम्पनीमा काम गर्ने कन्ट्री डाइरेक्टरलेसम्म श्रम स्वीकृति लिएको देखिन्छ,” उनले भने, “श्रम स्वीकृति गर्ने प्रक्रियालाई प्रभावकारी रूपमा कार्यन्वयन गर्न विभागले थप प्रकारी योजना सार्वजानिक गर्ने योजना बनाएको छ ।” यसरी नै एनजीओबाट विगत ३ वर्षमा क्रमश्ः १०९, १०९ र १६५ जनाले नेपालमा काम गर्नका लागि श्रम स्वीकृति लिएका थिए । नेपालको सरकारी क्षेत्रमा काम गर्नका लागि विगत ५ वर्षमा मात्र ९ सय ९४ जनाले श्रम स्वीकृति लिएका थिए । गत वर्ष भने नेपालको सरकारी क्षेत्रमा काम गर्न सबैभन्दा बढी ४ सय ३२ जनाले विभागबाट श्रम स्वीकृति लिएको देखिन्छ । नेपालका काम गर्नकै लागि अमेरिका, आयरल्यान्ड, जर्मनी, क्यानडा अस्ट्रेलिया, जापानलगायतका ५५ भन्दा बढी देशका नागरिकले श्रम स्वीकृति लिएको देखिन्छ । यसमध्ये पनि महिलाको संख्या १ सय ५९ र पुरुषको संख्या १ हजार ६५ रहेको देखिन्छ । आर्थिक वर्ष २०६९÷७० देखि २०७३÷७४ सम्म क्रमशः ९ सय ८४, ७ सय १९, २ हजार २३, १ हजार ४ सय ७२ र १ हजार ९ सय ७२ जनाले श्रम स्वीकृति लिएकोमा गत आवमा मात्र ६४८ जनाले नवीकरण गरेर पुनः श्रम स्वीकृति पाएको देखिन्छ ।