राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा जन्मकैदको सजाय भोगिरहेका पुस्कर गौतम लगायतका ३९५ जना कैदीबन्दीको सजाय माफी गरिदिएकी छिन् । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई पनि माफी दिएकी छिन् । चौधरीले आफ्नो पक्राउविरुद्ध दिपायल उच्च अदालतमा दिएका दुईवटा निवेदन टुंगो नलाग्दै सरकारले माफी दिएको हो ।