राष्ट्रपतिले ३९५ कैदीबन्दीको सजाफ माफी दिइन्, सांसद अरुण चौधरी अदालतले फैसला नदिँदै छुट्दै

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा जन्मकैदको सजाय भोगिरहेका पुस्कर गौतम लगायतका ३९५ जना कैदीबन्दीको सजाय माफी गरिदिएकी छिन् ।  नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई पनि माफी दिएकी छिन् । चौधरीले आफ्नो पक्राउविरुद्ध दिपायल उच्च अदालतमा दिएका दुईवटा निवेदन टुंगो नलाग्दै सरकारले माफी दिएको हो ।

सम्बन्धित सामग्री

प्रहरीले अरुण चौधरी जेल चलान गरिएको जानकारी संसद्लाई गरायो

काडमाडौं : नेपाल प्रहरीले सांसद अरुणकुमार चौधरी पक्राउ गरेर जेल चलान गरिएको संघीय संसद् सचिवालयलाई  जानकारी गराएको छ।  कार्यालयले शुक्रबार एक पत्रमार्फत संसद् सचिवालयलाई जानकारी गराएको हो। कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुण चौधरी शुक्रबार जेल चलान भएका छन्।  उनी अदालतको फैसला कार्यान्वयनको कैद पुर्जी बुझेपछि जेल चलान भए। प्रहरी प्रधान कार्यालयले सभामुख देवराज घिमिरेलाई पत्र पठाएर चौधरिलाई जेल चलान गरिएको जानकारी गराएको हो। सभामुख घिमिरेले आइतबार सो पत्र पढेर सदनलाई जानकारी गर...

सांसद अरुण चौधरी जेल चलान, के होला सांसद पद ?

काठमाडौं। कैलाली–२ का सांसद अरुणकुमार चौधरी जेल चलान भएकाछन्। १३ वर्ष पुरानो आगजनीको घटनामा उनलाई ६ महिना कैद सजाय सुनाइएको थियो। २०६६ भदौ ३ गते ट्याक्टरमा आगजनी गरेको मुद्दामा उनलाई अदालतले दोषि ठहर गरेको थियो। जिल्ला अदालत कैलालीले २०७० वैशाख ९ गते ६ महिना कैद र ८ लाख १९ हजार ४ सय २३ रुपैयाँ बिगो भराउने फैसला गरेको थियो।

सांसद अरुण चौधरी जेल चलान

कैलाली–२ बाट निर्वाचित सांसद् अरुण चौधरी जेल चलान गरिएका छन् । बिहीबार बाँकेबाट पक्राउ परेका चौधरीलाई शुक्रबार अदालतमा पेश गरेर कैदी पुर्जी बुझाएपछि जेल चलान गरिएको हो ।

पैसा तिरेर छुट्न सक्छन् सांसद अरुण चौधरी

१९ माघ, काठमाडौं । १३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएका कैलाली–२ का सांसद अरुणकुमार चौधरी बिहीबार पक्राउ परे । बाँकेमा पक्राउ परेका उनलाई प्रहरीले शुक्रबार मात्र अदालत लैजाने तयारी गरेको छ । …

सांसद अरुण चौधरी १० वर्षदेखि फरार सूचीमा (अदालतको फैसला सहित)

कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी फरार सूचीमा रहेको खुलेको छ ।

सांसद अरुण चौधरी जेल चलान

प्रतिनिधिसभा सदस्य एवम् नागरिक उन्मुक्ति पार्टीका सचेतक अरुणकुमार चौधरी जेल चलान भएका छन् ।