सांसद अरुण चौधरी जेल चलान

कैलाली–२ बाट निर्वाचित सांसद् अरुण चौधरी जेल चलान गरिएका छन् । बिहीबार बाँकेबाट पक्राउ परेका चौधरीलाई शुक्रबार अदालतमा पेश गरेर कैदी पुर्जी बुझाएपछि जेल चलान गरिएको हो ।

सम्बन्धित सामग्री

प्रहरीले अरुण चौधरी जेल चलान गरिएको जानकारी संसद्लाई गरायो

काडमाडौं : नेपाल प्रहरीले सांसद अरुणकुमार चौधरी पक्राउ गरेर जेल चलान गरिएको संघीय संसद् सचिवालयलाई  जानकारी गराएको छ।  कार्यालयले शुक्रबार एक पत्रमार्फत संसद् सचिवालयलाई जानकारी गराएको हो। कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुण चौधरी शुक्रबार जेल चलान भएका छन्।  उनी अदालतको फैसला कार्यान्वयनको कैद पुर्जी बुझेपछि जेल चलान भए। प्रहरी प्रधान कार्यालयले सभामुख देवराज घिमिरेलाई पत्र पठाएर चौधरिलाई जेल चलान गरिएको जानकारी गराएको हो। सभामुख घिमिरेले आइतबार सो पत्र पढेर सदनलाई जानकारी गर...

सांसद अरुण चौधरी जेल चलान, के होला सांसद पद ?

काठमाडौं। कैलाली–२ का सांसद अरुणकुमार चौधरी जेल चलान भएकाछन्। १३ वर्ष पुरानो आगजनीको घटनामा उनलाई ६ महिना कैद सजाय सुनाइएको थियो। २०६६ भदौ ३ गते ट्याक्टरमा आगजनी गरेको मुद्दामा उनलाई अदालतले दोषि ठहर गरेको थियो। जिल्ला अदालत कैलालीले २०७० वैशाख ९ गते ६ महिना कैद र ८ लाख १९ हजार ४ सय २३ रुपैयाँ बिगो भराउने फैसला गरेको थियो।

सांसद अरुण चौधरी जेल चलान

प्रतिनिधिसभा सदस्य एवम् नागरिक उन्मुक्ति पार्टीका सचेतक अरुणकुमार चौधरी जेल चलान भएका छन् ।