टीभीएसको स्कुटरमा ब्याज नलाग्ने स्कीम, मासिक किस्ता ७ हजार

काठमाडौं । टीभीएसको आइक्यूब इलेक्ट्रीक स्कुटरमा ‘एक्सचेन्ज अफर’ सुरु भएको छ । नेपालको लागि टीभीएसको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले इलेक्ट्रीक स्कुटर ‘आइक्यूब’मा एक्स्चेन्ज अफर ‘एक्स्ट्राभागन्जा’ नामक स्कीम ल्याएको हो । कम्पनीले ल्याएको अफरमा आइक्यूब स्कुटर खरिद गर्न चाहने ग्राहकले आफुसँग भएको पुरानो मोटरसाइकल तथा स्कुटरसँग नयाँ इलेक्ट्रीक आइक्यूब स्कुटर एक्स्चेन्ज गर्दा २५ हजार रुपैयाँ थप […]

सम्बन्धित सामग्री

मासिक १४ हजार किस्तामा किन्दा सजिलो हुने इलेक्ट्रीक कार

काठमाडौं । विद्युतीय कारमा सरकारले २० प्रतिशत मात्रै डाउन पेमेन्ट गरेर बाँकी ८० प्रतिशत कर्जा सुविधा दिएको छ । जति धेरै कर्जा उतिनै धेरै ब्याज तिर्नु पर्ने भएकोले सकभर धेरै डाउन पेमेन्ट गरेर कार किन्दा मासिक किस्ता पनि कम पर्न जान्छ । अहिले एउटा पेट्रोल कारले मासिक उपत्यकामा यात्रा गर्दा पनि १२ देखि १५ हजारको […]

मूल्य ४५ हजार घट्यो, किन्दा ब्याज पनि तिर्नु नपर्ने, यस्तो छ मासिक किस्ता

काठमाडौं । बजाजको आधिकारीक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ब्याज नलाग्ने स्कीममा मोटरसाइकल उपलब्ध गराउँदै आएको छ । कम्पनीले मूल्यको ४० प्रतिशत डाउनपेमेन्ट गर्ने ग्राहकलाई शून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल उपलब्ध गराउँदै आएको हो । यो स्कीम अन्तर्गत बजाज डोमिनार २५० खरिद गर्दा ग्राहकले २ लाख १९ हजार ९६० रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ […]

पल्सर एन-२५० किन्नेलाई ब्याज नलाग्ने स्कीम, यस्तो छ मासिक किस्ता

काठमाडौं । बजाज पल्सर एन २५० अहिले बजारमा ४ लाख ९४ हजार ९०० रुपैयाँ मूल्य तोकेर बिक्री हुँदै आएको छ । हंशराज हुलासचन्द एण्ड कम्पनीले बिक्री गर्दै आएको एन २५० मा पनि ब्याज नलाग्ने स्कीम चलिरहेको छ । कम्पनीले ल्याएको स्कीममा ४० र ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले ब्याज नलाग्ने स्कीम पाउने छन् । […]

एफजेडएस भी ३ को मासिक किस्ता ३३ हजार !

काठमाडौं । यामाहा मोटरसाइकलको आधिकारीक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले कम डाउन पेमेन्ट र ब्याज नलाग्ने स्कीममा मोटरसाइकल दिने भएको छ । कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई ब्याज नलाग्ने स्कीममा कर्जा सुविधा उपलब्ध गराउने भएको हो । मोटरसाइकलको बिक्रीमा आएको उच्च गिरावट आएसँगै सबै कम्पनीहरुले विभिन्न किसिमका स्कीम संचालनमा ल्याएका छन् । साथै, बजारमा मनसुन […]

गौतमबुद्ध विमानस्थल : अन्तरराष्ट्रिय उडान बन्द हुँदा किस्ता तिर्न समस्या

काठमाडौं । बुद्ध जयन्तीको अवसर पारेर जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल (जीबीआईए)मा अहिले अन्तरराष्ट्रिय उडान बन्द छ । भैरहवास्थित उक्त विमानस्थलबाट अन्तरराष्ट्रिय उडान गर्दै आएका हिमालय एयरलाइन्स र जजिरा एयरलाइन्सले १ महीनादेखि उडान बन्द गरेका छन् । ७ महीना सञ्चालन भएको यो विमानस्थलबाट मङ्सिर २९ गतेबाट हिमालय र पुस ६ गतेबाट जजिराले उडान बन्द गरेका हुन् । त्यसयता उक्त विमानस्थलमा अन्तरराष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थल कार्यालयका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । ‘आन्तरिक उडानबाट वार्षिक ३५ करोड रुपैयाँसम्म आम्दानी हुन्छ,’ दाहालले भने, ‘यसले सामान्य खर्च व्यवस्थापन भए पनि विदेशी ऋणको साँवा/ब्याज तिर्न गाह्रो हुने देखिन्छ ।’ उनका अनुसार अहिले साँवा र ब्याज गरेर वार्षिक ४० करोड रुपैयाँ किस्ता तिर्नुपर्छ । ऋण संरचनाअनुसार यो विमानस्थलमा लिइएको ऋणको साँवाब्याज ६/६ महीनामा भुक्तानी गर्नुपर्छ, जसअनुसार यो विमानस्थलले अन्तरराष्ट्रिय उडानबाट मात्रै आम्दानी गरेर मासिक ३ करोड ३३ लाख रुपैयाँ भुक्तानी गर्नु पर्ने देखिन्छ । विमानस्थल सञ्चालनमा आएको पहिलो वर्ष दैनिक एउटा अन्तरराष्ट्रिय उडान हुने प्रक्षेपण गरिएको उनको भनाइ छ । यो विमानस्थलमा एशियाली विकास बैंक (एडीबी), ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्ट (ओएफएफआईडी)सहितका विकास साझेदार संस्थाको लगानी छ । तराईका विमानस्थलमा हिउँदको समयमा मौसम प्रतिकूल हुँदा बिहानपखको उडानमा ढिलाइ हुने समस्या पुरानै भए पनि यो विमानस्थलमा मौसमकै कारण उडान/अवतरणमा समस्या नहुने अर्थात् कम भिजिबिलिटीमा पनि अवतरण गर्न सक्ने प्रविधि जडान गरिएको छ । कम भिजिबिलिटी (८०० देखि ९०० मीटर)मा पनि जहाज अवतरण हुन सक्ने आईएलएफ (इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम) प्रविधि जडान भए पनि सुचारु हुन भने सकेको छैन । विमानस्थल सञ्चालनमा आएको ७ महीना र अहिले बन्द भएको १ महीना गरी ८ महीना हुँदासम्म भारतले आईएलएफ सुचारु गर्ने अनुमति नदिएको दाहालको भनाइ छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार मुलुकका विमानस्थलहरूमा जहाज अवतरण हुनका लागि भिजिबिलिटी १६ सय मीटर र २ हजार मीटरसम्म हुनुपर्छ । २ खाले इन्जिन भएका जहाज अवतरणका लागि छुट्टाछुट्टै भिजिबिलिटी हुनुपर्छ । जेट इन्जिन भएका विमानका लागि भिजिबिलिटी २ हजार मीटर आवश्यक हुन्छ । प्रोपेलर इन्जिन भएका विमानका लागि भने १६ सय मीटर भिजिबिलिटी चाहिन्छ । दाहालका अनुसार मौसम प्रतिकूलता र यात्रु कम हुँदा विमानस्थलमा अन्तरराष्ट्रिय उडान हुन नसकेको हो । गौतमबुद्धबाट मलेशियाको क्वालालम्पुरसम्म चार्टर्ड उडान गर्दै आएको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने यात्रु नै नहुँदा अन्तरराष्ट्रिय उडान बन्द गरिएको बताए । यात्रु पर्याप्त भएमा उडानमा समस्या नभएको उनको भनाइ छ । विमानस्थल सञ्चालनमा आएसँगै श्रम कार्यालय, वैदेशिक रोजगार विभाग, स्वास्थ्य जाँचजस्ता एकाइहरू पूर्णरूपमा सञ्चालन नहुँदा यात्रुहरू काठमाडौं गएर पुनः गौतमबुद्धमा आउनुपर्ने बाध्यता रहेको दाहालको भनाइ छ । ‘मुख्य समस्या अहिले भिसा सेन्टर, मेनपावर, स्वास्थ्य परीक्षणको हो,’ दाहालले भने, ‘यो आन्तरिक समस्या भयो, अर्को प्रमुख पक्ष भनेको हवाई रूटकै हो ।’ सीधा हवाई रूट उपलब्ध नहुँदा सिमरा पुगेर गौतमबुद्ध विमानस्थलमा जहाज आउँदा काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलभन्दा १५ मिनेट टाढा पर्छ ।’ यसैगरी भारतीय नागरिकहरूले सीधा यो विमानस्थलमा आएर अहिले पनि उडान गर्न पाउँदैनन् । भारत सरकारले आफ्ना नागरिकलाई यो विमानस्थलबाट अन्य विदेशी गन्तव्यमा जानका लागि चाहिने अनुमति नो अब्जेक्शन सर्टिफिकेट (एनओसी) दिएको छैन, जसले गर्दा भारतीय यात्रु यो विमानस्थलबाट उडान गर्न नमिल्ने उनको भनाइ छ । पश्चिम नेपालबाट विदेश यात्रा गर्ने तथा वैदेशिक रोजगारीका लागि जाने यात्रु पनि यहाँबाट बाहिर नजाँदा र सीमावर्ती क्षेत्रका भारतीय यात्रुले यो विमानस्थल प्रयोग गर्न नमिलेपछि यात्रु संख्या कम भएको उल्लेख गरिएको छ । उक्त विमानस्थलबाट अन्तरराष्ट्रिय उडान भएयता नोभेम्बर अर्थात् मध्य मङ्सिरसम्ममा २५ हजार ४८१ जना यात्रुले सेवा लिएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार २ सय १९ पटक जहाज उडान/अवतरण (फ्लाइट मुभमेन्ट) हुँदा ती यात्रुले सेवा लिएका हुन् । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पनि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल तराईमा पर्ने र मौसम खराबीकै कारण उडान बन्द भएको बताए । यद्यपि फेब्रुअरी २ देखि जजिराले उडान सञ्चालन गर्ने उनको भनाइ छ । यस्तै मार्च सकिएपछि ‘समर सेड्युल’ लागू हुने भन्दै उनले यो सेड्युलमा नेपाल वायुसेवा निगमसहित हिमालय, कतार एयरवेज, फ्लाई दुबईले उडान गर्ने विश्वास व्यक्त गरे ।

अहिले हुन्डाई क्रेटा किन्दा कति तिर्नु पर्ला मासिक किस्ता ? यस्तो छ हिसाव

काठमाडौं । बैंक ब्याजदरको कारण गाडी किन्ने मानिसले १४ देखि १६ प्रतिशतसम्म ब्याज तिर्नु पर्ने भएको छ । अघिल्लो वर्ष यही समयमा ८ प्रतिशत हाराहारी ब्याजदर थियो । एक वर्षमा नै ब्याजदर दोब्बर भएसँगै गाडी किन्ने मानिसले धेरै ब्याज वापत रकम खर्च गर्नु पर्ने भएको छ । एक वर्षअघि ३९ हजार मासिक किस्ता तिर्दा पुग्ने […]

एफजेड मोटरसाइकलमा कम डाउन पेमेन्ट गरेपनि ब्याज नलाग्ने स्कीम

काठमाडौं । यामाहा मोटरसाइकलको आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले कम डाउन पेमेन्टमा पनि ब्याज नलाग्ने स्कीममा मोटरसाइकल दिने भएको छ । कम्पनीले यसअघि ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई मात्रै दिदै आएको ब्याज नलाग्ने स्कीम अब ४० प्रतिशत डाउन पेमेन्ट बुझाउने ग्राहकले पनि पाउने छन् । यो स्कीम अन्तर्गत यामाहाका एफआई मोटरसाइकलहरु मासिक किस्ता १० हजार […]

नेपाल बैंकको समृद्ध नारी रिकरिङ निक्षेप खाता

नेपाल बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला लक्षित निक्षेप खाता ल्याएको छ । यसमा बैंकिङ तथा इन्स्योरेन्स सुविधासहितको रहेको बैंकले जनाएको छ ।यसअनुसार न्यूनतम २५ हजार र सोही गुणांकमा मासिक किस्ता जम्मा गर्न मिल्ने उक्त खातामा उच्च ब्याज, निःशुल्क लकर सुविधालगायत धेरै बैंकिङ सुविधा रहेको बैंकले जनाएको छ । यसमा १० लाख बराबरको दुर्घटना बिमा […]

मासिक २० हजार किस्तामै घडेरी, ४० प्रतिशतसम्म ‘डाउन पेमेन्ट’, ब्याज कति ?

घरजग्गा कारोबारमा मन्दी आएपछि व्यवसायीहरुले ‘किस्ताबन्दी’को योजना अघि सारेका छन् । कारोबारमा मन्दी आएपछि अब विस्तारै व्यवसाय चलायमान बनाउन काठमाडौँ उपत्यका र उपत्यका बाहिरका ठूला शहरहरुमा किस्ताबन्दीमै घरजग्गा बिक्रिको योजना सार्वजनिक हुन थालेका छन् ।व्यवसायीहरुले २० देखि ४० प्रतिशत ‘डाउन पेमेन्ट’मा १२ देखि १५ प्रतिशत ब्याजदरमा घडेरी बिक्रि थालेका छन् । किस्ताबन्दीमा घडेरी बिक्रि मात्रै नभई व्यवसायीहरुले ५ वर्षका लागि सहकारीबाट १२ देखि १५ प्रतिशत ब्याजदरमा ऋण पनि मिलाईदिने गरेका छन् ।जग्गामा किस्ताबन्दीः नयाँ अभ्याससंस्थागत व्यवसायीहरूले हाउजिङमा किस्ताबन्दीको सुविधा दिँदै आएका थिए । निर्माण सुरु भएपछि बुकिङ खोल्दा निश्चित प्रतिशत रकम लिएर बाँकी रकम निर्माण सकिएर हस्तान्तरणको समयमा लिने गर्थे ।तर, अब उपत्यकामै घडेरीमा पनि किस्ताबन्दीको अभ्यास सुरु भएको छ । काठमाडौँबाहेक भक्तपुर र ललितपुरमा ४० प्रतिशतसम्म डाउन पेमेन्ट लिएर व्यवसायीहरुले किस्ताबन्दीमा घडेरी बेचिरहेका छन् ।यसअघिःघरजग्गा कारोबारमा यसरी फस्दैछन् नयाँ कारोबारी‘किस्ताबन्दीको मोडल गाडी, बाइक किनेको जस्तै हो’ एकजना व्यवसायीले बिजपाटीसँग भने, ‘निश्चित प्रतिशत डाउनपेमेन्ट गरेपछि महिना महिनामा किस्ता तिर्दा ५ वर्षमा घडेरी आफ्नै हुन्छ, यो नयाँ अभ्यास हो, अब यसलाई फैलाउनुपर्छ ।’एकमुष्ट तिर्न पर्दैन, ब्याज जोडिन्छमानौँ, २० लाख रुपैयाँको घडेरी किन्दा सुरुमा २० प्रतिशत डाउनपेमेन्ट गरियो भने सुरुमा ४ लाख तिर्नुपर्छ । बाँकी १६ लाख रुपैयाँ कम्पनीहरुले १२ प्रतिशत ब्याजमा ‘फाइनान्सिङ’को सुविधा मिलाईदिन्छन् । १६ लाखको १२ प्रतिशत ब्याजदरले ५ वर्षका लागि ऋण लिँदा मासिक ४२ हजार जति तिर्नुपर्छ । तर, सुरुमै ४० प्रतिशत डाउनपेमेन्ट गरेको अवस्थामा यो रकम करिब आधाले घट्छ ।यो पनिःघरजग्गामा कडाईः सिमेन्ट र डण्डीसहित दर्जनौँ उद्योग थला पर्दै, लाखौँको रोजगारी गुम्दै‘किस्ताबन्दीमा घडेरी किन्नु भनेको गाडी तथा मोटरसाइकल किन्नु जस्तै हो । किनभने, सुरुमा जति धेरै डाउनपेमेन्ट गर्यो, उति नै किस्ता थोरै तिर्नुपर्छ’ ललितपुरका एक जना घरजग्गा व्यवसायी भन्छन् । नियमित आम्दानी हुनेलाई सहजअहिले रेमिट्यान्स आप्रवाह घटेको छ । नेपालमै नियमित (मासिक) ५० हजारमाथि आम्दानी हुनेहरुले पनि घरजग्गा जोड्न सक्ने अवस्था छैन । घरजग्गा जोडन् चाहनेहरुको पनि साथमा अहिले पैसा नहुँदा कारोबार सुस्ताएको छ । त्यसकारण नियमित कम्तीमा २० हजार किस्ता तिर्न सक्ने गरि आम्दानी गरिरहेको व्यक्तिले सहजै किस्ताबन्दीमा जग्गा जोड्न सक्ने विश्वास व्यवसायीहरुको छ ।यो पनिःउपत्यकामा फुकुवा हुन लागेको १ लाख ३० हजार रोपनी जग्गामा हाउजिङ डेभलपर्सको नजर !