एनसेलले घटायो फोन गर्दा लाग्ने शुल्क

एनसेल आजियाटा लिमिटेडले फोन गर्दा लाग्दै आएको शुल्क घटाएको छ । कम्पनीले एनसेल नेटवर्कभित्र तथा नेपालको कुनै पनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्दै आएको महशुल दर घटाएको हो ।कम्पनीका अनुसार एनसेल नेटवर्कभित्र तथा नेपालको कुनै पनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्दै आएको महशुल दर प्रति मिनेट रु. १.९९ (कर बाहेक) बाट परिवर्तन गरी मिति २०७८।१०।२८ देखि लागू हुने गरी प्रति मिनेट रु. १.६२ (कर बाहेक) कायम गरिएको छ । हाल परिवर्तन गरिएको दरमा कल गर्नको लागि ग्राहकहरुले *17107# मा डायल गरी सेवा निःशुल्क रुपमा सुचारु गर्न सक्ने एनसेलले जनाएको छ। कम्पनीका अनुसार परिवर्तित भएको यो दर मिति २०७९/०४/२४ सम्म लागू हुनेछ।

सम्बन्धित सामग्री

भारतबाट नेपालमा फोन गर्दा अब प्रतिमिनेट ७ रूपैयाँ शुल्क

अब भारतबाट नेपालमा फोन गर्दा प्रतिमिनेट ७ रूपैयाँ शुल्क लाग्ने भएको छ । भारतबाट नेपालमा फोन गर्दा प्रतिमिनेट ७ रुपैयाँ लाग्ने गरी शुल्क निर्धारणको तयारी गरिएको छ । केही समय अघि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा भारत भ्रमणमा जाँदा नेपाल र भारतबीच टेलिफोन दरमा ठूलो असमानता भएको भन्दै घटाउन आग्रह गरेकी थिइन् ।  लामो गृहकार्यपछि भारतबाट नेपालमा फोन गर्दा...

विदेशबाट नेपाल आउँदा कुन सामानमा कति भन्सार, कुनमा छुट ?

पछिल्लो समय विदेसिबाट फर्कंदा ल्याउने सामानमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले कडा निगरानी गर्न थालेको छ । विदेशबाट त्रिभुवन विमानस्थल हुँदै नेपाल आउने यात्रुहरुले प्रचलित कानूनले दिएको सुविधाभन्दा बढी परिमाणमा सुन, सुनका गहना, मोबाइल फोन, ल्यापटप ल्याउँदा विमानस्थलमै छाड्नुपर्ने हुन्छ वा महंगो भन्सार शुल्क बझाउनुपर्छ । भन्सार लाग्ने र भन्सार छुट भएका सामान तथा वस्तुका बारेमा […]

दूरसञ्चार सेवा दस्तुर घट्यो‌‌, अब इन्टरनेटको शुल्क घट्ने

काठमाडौं– सरकारले दूरसञ्चार सेवा दस्तुर वापत लिइने शुल्कको तीन प्रतिशत घटाएको छ । आर्थिक वर्ष २०७९/८० मार्फत इन्टरनेट शुल्क घटाउने नीति लिएको हो । अहिलेसम्म सरकारले दूरसञ्चार सेवा दस्तुर १३ प्रतिशत लिँदै आएको थियो । आगामी आर्थिक वर्षदेखि भने जम्मा १० प्रतिशत दस्तुर लाग्ने भएको छ । योसँगै अब इन्टरनेटको शुल्क पनि घट्नेछ भने फोन […]

टेलिकमद्वारा अन्तर्देशीय अन्तरआबद्धता शुल्क समायोजन

काठमाडौं (अस) । नेपाल टेलिकमले कुनै पनि दूरसञ्चार सेवाप्रदायकका ग्राहकले अर्को दूरसञ्चार  सेवाप्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई टेलिफोन तथा एसएमएस गर्दा लागू हुने अन्तरआबद्धता शुल्क समायोजन गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी  अन्तरआबद्धता निर्देशिकाअन्तर्गत अन्तर्देशीय अन्तरआबद्धता प्रावधानअनुसार शुल्क समायोजन गरिएको कम्पनीले बताएको छ । टेलिकमका ग्राहकले अर्को सेवाप्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वाइस कल गर्दा लागू गर्नुपर्ने महसुल दर स्वीकृतिका लागि दूरसञ्चार प्राधिकरणमा पठाएकामा स्वीकृत भई आएकाले परिमार्जित महसुल  दर माघ १८ गतेदेखि कार्यान्वयनमा ल्याइएको हो । नयाँ अन्तर्देशीय अन्तरआबद्धता कार्यान्वयन भएपछि एउटा सेवाप्रदायकको नेटवर्कमा रहेका ग्राहकले अर्को सेवाप्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई कल गर्दा लागु हुने महसुल दर परिमार्जन भई शुल्कमा कमी आउनेछ । कम्पनीको तारवाला फोनबाट अर्को सेवाप्रदायकको मोबाइलमा कल गर्दा महसुल दर प्रति मिनेट १ रुपैयाँ १० पैसा मात्र कायम हुनेछ । यसैगरी कम्पनीको जीएसएम, सीडीएमए र सीफोन पोस्टपेडबाट अर्को सेवाप्रदायकको नेटवर्कमा कल गर्दा महसुल दर  प्रतिमिनेट एक रुपैयाँ ८ पैसा तथा कम्पनीको जीएसएम, सीडीएमए र सी फोन प्रिपेड सेवाबाट अर्को सेवाप्रदायकको नेटवर्कमा कल गर्दा महसुल दर प्रतिमिनेट १ रुपैयाँ ६२ पैसा कायम हुनेछ । कम्पनीको जीएसएम तथा सीडीएमए सेवाको पोस्टपेड र प्रिपेडबाट अन्य सेवाप्रदायकको नेटवर्कमा सन्देश पठाउँदा लाग्ने शुल्क प्रतिसन्देश १ रुपैयाँ १० पैसा कायम हुने टेलिकमले बताएको छ ।

वर्षा र बाढीबारे जानकारी चाहियो भने फोन गर्नुहोस– ११५५ मा

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा तथा बाढीबारे जानकारी दिन टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ। अबदेखि सर्वसाधरणले ‘११५५’ नम्बरमा कल गरी बाढी र वर्षाबारे जानकारी लिन सक्नेछन्। यसमा फोन गर्दा कुनै शुल्क लाग्ने छैन। कतातिर पानी परिरहेको छ, खोला तथा नदी कता बढेका छन् लगायत आपूmलाई चाहिएको मौसमसम्बन्धि जानकारी सो नम्बरमा डायल गरी प्राप्त गर्न सकिनेछ।

वर्षा र बाढीबारे जानकारी चाहियो भने फोन गर्नुहोस– ११५५ मा

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा तथा बाढीबारे जानकारी दिन टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ। अबदेखि सर्वसाधरणले ‘११५५’ नम्बरमा कल गरी बाढी र वर्षाबारे जानकारी लिन सक्नेछन्। यसमा फोन गर्दा कुनै शुल्क लाग्ने छैन। कतातिर पानी परिरहेको छ, खोला तथा नदी कता बढेका छन् लगायत आपूmलाई चाहिएको मौसमसम्बन्धि जानकारी सो नम्बरमा डायल गरी प्राप्त गर्न सकिनेछ।

विदेशमा कल गर्दा एनसेलको शुल्क ६ गुणा बढ्यो

दूरसञ्चार सेवा प्रदायक एनसेलको नम्बरबाट विभिन्न १८ वटा देशमा लाग्ने शुल्क ६ गुणा बढेको छ । यी देशका विभिन्न नम्बरमा एनसेलको नम्बरबाट सोझै फोन गर्दा ५ रुपैयाँ शुल्क लाग्दै आएकोमा अब ३० रुपैयाँ लाग्नेछ ।