टेलिकमद्वारा अन्तर्देशीय अन्तरआबद्धता शुल्क समायोजन

काठमाडौं (अस) । नेपाल टेलिकमले कुनै पनि दूरसञ्चार सेवाप्रदायकका ग्राहकले अर्को दूरसञ्चार  सेवाप्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई टेलिफोन तथा एसएमएस गर्दा लागू हुने अन्तरआबद्धता शुल्क समायोजन गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी  अन्तरआबद्धता निर्देशिकाअन्तर्गत अन्तर्देशीय अन्तरआबद्धता प्रावधानअनुसार शुल्क समायोजन गरिएको कम्पनीले बताएको छ । टेलिकमका ग्राहकले अर्को सेवाप्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वाइस कल गर्दा लागू गर्नुपर्ने महसुल दर स्वीकृतिका लागि दूरसञ्चार प्राधिकरणमा पठाएकामा स्वीकृत भई आएकाले परिमार्जित महसुल  दर माघ १८ गतेदेखि कार्यान्वयनमा ल्याइएको हो । नयाँ अन्तर्देशीय अन्तरआबद्धता कार्यान्वयन भएपछि एउटा सेवाप्रदायकको नेटवर्कमा रहेका ग्राहकले अर्को सेवाप्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई कल गर्दा लागु हुने महसुल दर परिमार्जन भई शुल्कमा कमी आउनेछ । कम्पनीको तारवाला फोनबाट अर्को सेवाप्रदायकको मोबाइलमा कल गर्दा महसुल दर प्रति मिनेट १ रुपैयाँ १० पैसा मात्र कायम हुनेछ । यसैगरी कम्पनीको जीएसएम, सीडीएमए र सीफोन पोस्टपेडबाट अर्को सेवाप्रदायकको नेटवर्कमा कल गर्दा महसुल दर  प्रतिमिनेट एक रुपैयाँ ८ पैसा तथा कम्पनीको जीएसएम, सीडीएमए र सी फोन प्रिपेड सेवाबाट अर्को सेवाप्रदायकको नेटवर्कमा कल गर्दा महसुल दर प्रतिमिनेट १ रुपैयाँ ६२ पैसा कायम हुनेछ । कम्पनीको जीएसएम तथा सीडीएमए सेवाको पोस्टपेड र प्रिपेडबाट अन्य सेवाप्रदायकको नेटवर्कमा सन्देश पठाउँदा लाग्ने शुल्क प्रतिसन्देश १ रुपैयाँ १० पैसा कायम हुने टेलिकमले बताएको छ ।

सम्बन्धित सामग्री

टेलिकमद्वारा ‘अन्तरआबद्धता’ शुल्क समायोजन

नेपाल टेलिकमले ‘अन्तरआबद्धता शुल्क’ लागू गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको निर्देशिका अन्तर्गत अन्तर्देशीय अन्तरआबद्धता मा उल्लेख गरिएको प्रावधान अनुसार ‘अन्तरआबद्धता शुल्क’ लागू गरिएको टेलिकमले जनाएको छ ।नेपाल टेलिकमका ग्राहकले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वाइस कल गर्दा लागू गर्नुपर्ने महशुलदर स्वीकृतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएकोमा नेपाल दूरसञ्चार प्राधिकरणको निर्णयानुसार स्वीकृत […]

टेलिकमले गर्यो अन्तर्देशीय अन्तरआबद्धता शुल्क समायोजन

नयाँ अन्तर्देशीय अन्तरआबद्धता कार्यान्वयन भए पश्चात् एउटा सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकलाई कल गर्दा लागु हुने महशुल दर परिमार्जन भई शुल्कमा कमी आउने टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले अन्तर्देशीय अन्तरआबद्धता शुल्क समायोजन गर्‍यो

काठमाडौँ– नेपाल टेलिकमले अन्तर्देशीय अन्तरआबद्धता शुल्क समायोजन गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको माघ १६ र १८ गतेको निर्णय अनुसार समायोजन शुल्क मंगलबारदेखि कार्यान्वयनमा आएको छ । कुनै पनि दूरसञ्चार सेवा प्रदायकका ग्राहकले अर्को दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई टेलिफोन तथा एसएमएस गर्दा लागू हुने ‘अन्तरआबद्धता शुल्क’ नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको अन्तरआबद्धता निर्देशिकाअन्तर्गत […]