अन्तर आबद्धता शुल्क घट्यो, अब टेलिकमको नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा कति लाग्छ शुल्क ?

माघ १९, काठमाडौं । नेपाल टेलिकमले एक नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाएको छ । नेपाल टेलिकमले  मंगलवारदेखि लागू गर्दै उक्त शुल्क घटाएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले दुई वर्ष अगाडि जारी गरेको अन्तर आबद्धता शुल्क निर्देशिका कार्यान्वयनमा आएसँगै टेलिकमले अन्तर आबद्धता शुल्क घटाएको हो । नयाँ  अन्तर आबद्धता कार्यान्वयन भएपछि एउटा सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकलाई कल गर्दा कम्पनीको तारवाला फोनबाट अर्को सेवा प्रदायकको मोबाइलमा कल गर्दा प्रतिमिनेट एक रुपैयाँ १० पैसा मात्र कायम गरिएको छ । त्यस्तै टेलिकम जीएसएम, सीडीएमए र सि फोन पोस्टपेडबाट अर्को सेवाप्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रतिमिनेट एक रुपैयाँ ८ पैसा तथा जीएसएम, सीडीएमए र सि फोन प्रि( पेड सेवाबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रतिमिनेट एक रुपैयाँ ६२ पैसा कायम गरिएको छ । त्यस्तै जीएसएम तथा सीडीएमए सेवाको पोस्टपेड र प्रिपेडबाट अन्य सेवा प्रदायकको नेटवर्कमा एसएमएस पठाउदा प्रतिसन्देश एक रुपैयाँ १० पैसा कायम गरिएको छ । तर उल्लिखित दररेटमा करवापत लागू हुने रकम भने समावेश नगरिएको टेलिकमले बताएको छ ।  

सम्बन्धित सामग्री

टेलिकमको ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक’, यस्ता छन् सुविधा

काठमाडौँ । नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ल्याएको ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक’ लोकप्रिय बनिरहेको बताएको छ। दैनिक प्राप्त हुने प्याक सकिए पनि थप शुल्क बिना नै प्याकेज अवधिभरी नेपाल टेलिकमको नेटवर्क भित्र अनलिमिटेड भ्वाइस कल गर्न सकिन्छ।