देउखुरी । कोभिड–१९ विरुद्ध दाङका बालबालिकालाई फाइजर खोप लगाउन सुरु गरिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वर्षभन्दा माथिका सबै बालबालिकालाई फाइजर खोप शनिबारदेखि लगाउन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि १२ वर्षभन्दा माथिका दीर्घ रोग भएका बालबालिकालाई यो खोप लगाइएको थियो । शनिबारदेखि सबै बालबालिकालाई फाइजर खोप लगाउन थालिएको बताइएको छ । […]