सन् १९६५ नोभेम्बर २ मा जन्मेका बलिउड अभिनेता शाहरुख खान ५६ वर्ष पुगेका छन्।तीन दशकभन्दा बढि समयदेखि बलिउडमा सक्रिय शाहरुखलाई बलिउडका 'बादशाह' भनेर पनि चिनिन्छ। सन् १९८८ मा 'दिल दरिया' टेलिसिरियलबाट करिअर सुरु गरेका शाहरुखले सन् १९९२ को 'दिवाना'बाट बलिउड प्रवेश गरे। यसबाट उनले उत्कृष्ट नव नायकको रुपमा फिल्मफेयर अवार्ड पनि पाएका थिए। शाहरुखले झन्डै तीन दशक लामो फिल्मी करिअरमा ८० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्।यहाँ आइएमडिबी(इन्टरनेट मुभि डाटाबेस) को रे