अमेरिकी सेनालाई सम्बोधन गर्दै बाइडेनले भने–विश्वकै स्वतन्त्रता जोखिममा छ

अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्वी युरोपमा तैनाथ भएका अमेरिकी सैनिकको प्रशंसा गर्दै विश्वकै स्वतन्त्रता जोखिममा रहेको बताएका छन् । युरोप भ्रमणको क्रममा पोल्याण्डमा तैनाथ अमेरिकी सेनालाई सम्बोधन गर्दै बाइडेनले निरंकुशता विरुद्ध लोकतन्त्रको लागि संघर्षको एक भागको रूपमा पूर्वी युरोपमा अमेरिकी सैन्य तैनाथीको प्रशंसा गरेका हुन् । युक्रेनसँगको सीमा नजिक रहेको पोल्याण्डको जेसुफस्थित सैन्य अड्डामा रहेका […]

सम्बन्धित सामग्री

जलवायु वित्त भित्र्याउन नेपालको कमजोर पहल

जलवायु परिवर्तनका कारण सिर्जना हुने जोखिममा विश्वको अग्रणी राष्ट्रमा पर्ने नेपालले यो चुनौतीलाई सम्बोधन गर्न बाह्य सहयोग भित्र्याउन अपेक्षित पहल गर्न सकेको छैन।...

संघीयता जोखिममा पर्ने अवस्था देखिएको भन्दै माधवकुमार नेपालको चिन्ता

काठामडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीयता जोखिममा पर्ने अवस्था देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । सोमबार एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले लोकतन्त्र, गणतन्त्र र संविधान संकटमा पर्न थालेको टिप्पणी गरे । उनले अब कम्युनिष्ट पार्टीहरू एक भइ आफ्नो जिम्मेवारीलाई महशुस गर्नुपर्ने आवश्यकता देखिएको बताए । उनले कम्युनिष्ट एक भएर नागरिकको जनजीविका, सामाजिक […]

दक्षिण एसिया जलवायु परिवर्तनको उच्च जोखिममा छ : मन्त्री रेग्मी

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले दक्षिण एसियाली देशहरूको कमजोर भूगोल र उच्च जनसङ्ख्याले यो क्षेत्र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताएकी छिन् । इजिप्टको शर्म अल शेखमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी कोप–२७ सम्मेलनका क्रममा दक्षिण एसियाली मुलुकहरूका वातावरणसम्बन्धी मन्त्रीहरूको आज भएको बैठकमा उनले सो कुरा बताएकी हुन् । बैठकका विषयवस्तुले जलवायु सङ्कटलाई सम्बोधन […]

नेपाल जलवायु परिवर्तनको जोखिममा छ : अर्थमन्त्री

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले जलवायु–निर्भर अर्थतन्त्र र सीमित अनुकूलन क्षमताका कारण नेपाल जलवायु परिवर्तनका लागि विश्वको सबैभन्दा जोखिममा रहेका देशहरूमध्ये पर्ने बताएका छन् । दक्षिण कोरियाको इन्चोंनमा आज आयोजित दोस्रो हरित जलवायु कोषको प्रोग्रामिङ सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाल जलवायु परिवर्तनका कारण सङ्कटमा पर्ने अवस्थामा पुगेको बताए । आजदेखि सुरु भएको सम्मेलन बिहीबारसम्म चल्नेछ […]

नेपाल जलवायु परिवर्तनको जोखिममा छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले जलवायु–निर्भर अर्थतन्त्र र सीमित अनुकूलन क्षमताका कारण नेपाल जलवायु परिवर्तनका लागि विश्वको सबैभन्दा जोखिममा रहेका देशहरूमध्ये पर्ने बताउनुभएको छ । दक्षिण कोरियाको इन्चोंनमा आज आयोजित दोस्रो हरित जलवायु कोषको प्रोग्रामिङ सम्मेलनलाई सम्बोधन गर्दै उहाँले नेपाल जलवायु परिवर्तनका कारण सङ्कटमा पर्ने अवस्थामा पुगेको बताउनुभयो । आजदेखि सुरु भएको सम्मेलन बिहीबारसम्म चल्नेछ । विश्वव्यापी …

जलवायु परिवर्तनको असर सम्बोधन गर

विश्व जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा रहेको छ । नेपाल हिमाल, पहाड र तराई मिलेर बनेको छ । जलवायु परिवर्तनका कारण यी तीनवटै क्षेत्र डरलाग्दो गरी प्रभावित भइरहेका छन् । हिमाली क्षेत्रमा बढ्दो तापक्रमका कारण हिउँ पग्लने प्रक्रिया निकै तीव्र छ । हिमरेखा माथिमाथि सर्दै गइरहेको छ । पर्वतारोही अहिले सगरमाथाको वरिपरि पानी देख्दा […] The post जलवायु परिवर्तनको असर सम्बोधन गर appeared first on राजधानी राष्ट्रिय दैनिक.

पर्वतमा जोखिममा रहेका बस्ती स्थानान्तरण हुने

पर्वत । बर्खायाममा पहिरो र बाढीको जोखिममा पर्न सक्ने बस्तीलाई स्थानान्तरण गरिने भएको छ । पर्वतस्थित जिल्ला विपद् व्यवस्थापन समितिले कुश्मा नगरपालिका र जलजला गाउँपालिकाका पाँचओटा बस्ती स्थानान्तरणका लागि माग गर्दै राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सिफारिश गरेको छ । स्थानान्तरण गर्नुपर्ने बस्तीमा कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारी बस्ती, कोटघर कोट गाउँ र नुवारखोला रहेका छन् भने जलजला गाउँपालिका–४ को गौरेटे बस्ती र फर्सेलाई स्थानान्तरणका लागि सहयोग गर्न अनुरोध गर्दै सिफारिश गरिएको छ । त्यस्तै कुश्मा नगरपालिका–१२ ठुलीपोखरीको राम्चेमुनी बस्तीलाई स्थानान्तरण गर्न यसअघि नै सिफारिश गरिसकिएकाले त्यसका लागि प्राविधिक सहयोग गर्न सम्बन्धित निकायमा सिफारिश गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् । विपद् पूर्वतयारीस्वरूप बस्ती स्थानान्तरणको पहल भएको उनको भनाइ छ । गएको वर्षको बाढीपहिरोका कारण पर्वतका ६ सय १ घर स्थानान्तरण तथा पुनर्निर्माणको सूचीमा परेका छन् । तीमध्ये ८५ ओटा घर अति जोखिममा रहेकाले तत्कालै व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम प्राधिकरणले बजेट निकासा गरेको थियो । तर, गण्डकी प्रदेश सरकार र स्थानीय तहको समन्वय अभावले बजेट निकासा नहुँदा प्रभावित परिवारको पुनःस्थापना बीचमै रोकिएको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न गतवर्ष नै सिफारिश गरेर पठाइएकोमा आशिंक माग मात्रै सम्बोधन भएको बताए । जोखिममा रहेका बस्ती तत्कालै स्थानान्तरण गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।   मनसुनका करिब एक सय दिन (असार–असोजसम्म) वर्षेनि ठूलो जनधनको क्षति हुने गरेको छ । पर्वतमा विशेषगरी नदी किनारका तटीय क्षेत्रमा बढी जोखिम हुने गरेको छ भने भिरालो स्थानमा रहेका गाउँबस्तीका बासिन्दा वर्षायाम शुरू भएदेखि नै पहिरोको त्रासमा रहन्छन् । प्रमुख जिल्ला अधिकारी संयोजक रहने जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रवार सम्पन्न बैठकले विपद् प्रतिकार्य योजना पारित गरेको छ । बैठकले जिल्लाका सबै स्थानीय तहका प्रमुख एवं प्रतिनिधि, सञ्चारकर्मी, उद्योगी व्यवसायी र सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिको सहभागितामा छलफल गरी प्रतिकार्य योजना पारित गरेको हो । मौसमविद्का अनुसार यस वर्ष धेरै वर्षा हुने र बाढी पहिरो, चट्याङ, हावाहुरी लगायत विपद्का घटनाबाट धेरै धनजनको क्षति हुने पूर्वानुमान गरिएको छ । सोही अवस्थालाई लक्षित गर्दै मनसुनपूर्व नै प्रतिकार्य योजना बनाएर अघि बढ्ने तयारी गरिएको प्रजिअ खत्रीले बताइन् ।

नेताहरुले व्यक्तिमाथि दोष थुपारेर पार्टीलाई जोखिममा पारेः मुख्यमन्त्री गुरुङ

कास्की । नेकपा केपी ओली समूहको जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण  जिल्ला सदरमुकाममा सम्पन्न भएको छ ।  भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले  नेकपालाई यहाँसम्म ल्याउन धेरै नेताको योगदान रहेको बताउँदै देशको अहिलेको अवस्थाले सिङ्गो नेकपा चिन्तित भएको जनाए ।गण्डकी प्रदेश नेकपा इञ्चार्ज  गुरुङले  नेताहरुले व्यक्तिमाथि दोष थुपारेर पार्टीलाई जोखिममा पारेको विचार राखे । यसैबीच आज यहाँ आयोजित प्रदर्शनपछिको कोणसभाल