पर्वतमा जोखिममा रहेका बस्ती स्थानान्तरण हुने

पर्वत । बर्खायाममा पहिरो र बाढीको जोखिममा पर्न सक्ने बस्तीलाई स्थानान्तरण गरिने भएको छ । पर्वतस्थित जिल्ला विपद् व्यवस्थापन समितिले कुश्मा नगरपालिका र जलजला गाउँपालिकाका पाँचओटा बस्ती स्थानान्तरणका लागि माग गर्दै राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सिफारिश गरेको छ । स्थानान्तरण गर्नुपर्ने बस्तीमा कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारी बस्ती, कोटघर कोट गाउँ र नुवारखोला रहेका छन् भने जलजला गाउँपालिका–४ को गौरेटे बस्ती र फर्सेलाई स्थानान्तरणका लागि सहयोग गर्न अनुरोध गर्दै सिफारिश गरिएको छ । त्यस्तै कुश्मा नगरपालिका–१२ ठुलीपोखरीको राम्चेमुनी बस्तीलाई स्थानान्तरण गर्न यसअघि नै सिफारिश गरिसकिएकाले त्यसका लागि प्राविधिक सहयोग गर्न सम्बन्धित निकायमा सिफारिश गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् । विपद् पूर्वतयारीस्वरूप बस्ती स्थानान्तरणको पहल भएको उनको भनाइ छ । गएको वर्षको बाढीपहिरोका कारण पर्वतका ६ सय १ घर स्थानान्तरण तथा पुनर्निर्माणको सूचीमा परेका छन् । तीमध्ये ८५ ओटा घर अति जोखिममा रहेकाले तत्कालै व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम प्राधिकरणले बजेट निकासा गरेको थियो । तर, गण्डकी प्रदेश सरकार र स्थानीय तहको समन्वय अभावले बजेट निकासा नहुँदा प्रभावित परिवारको पुनःस्थापना बीचमै रोकिएको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न गतवर्ष नै सिफारिश गरेर पठाइएकोमा आशिंक माग मात्रै सम्बोधन भएको बताए । जोखिममा रहेका बस्ती तत्कालै स्थानान्तरण गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।   मनसुनका करिब एक सय दिन (असार–असोजसम्म) वर्षेनि ठूलो जनधनको क्षति हुने गरेको छ । पर्वतमा विशेषगरी नदी किनारका तटीय क्षेत्रमा बढी जोखिम हुने गरेको छ भने भिरालो स्थानमा रहेका गाउँबस्तीका बासिन्दा वर्षायाम शुरू भएदेखि नै पहिरोको त्रासमा रहन्छन् । प्रमुख जिल्ला अधिकारी संयोजक रहने जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रवार सम्पन्न बैठकले विपद् प्रतिकार्य योजना पारित गरेको छ । बैठकले जिल्लाका सबै स्थानीय तहका प्रमुख एवं प्रतिनिधि, सञ्चारकर्मी, उद्योगी व्यवसायी र सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिको सहभागितामा छलफल गरी प्रतिकार्य योजना पारित गरेको हो । मौसमविद्का अनुसार यस वर्ष धेरै वर्षा हुने र बाढी पहिरो, चट्याङ, हावाहुरी लगायत विपद्का घटनाबाट धेरै धनजनको क्षति हुने पूर्वानुमान गरिएको छ । सोही अवस्थालाई लक्षित गर्दै मनसुनपूर्व नै प्रतिकार्य योजना बनाएर अघि बढ्ने तयारी गरिएको प्रजिअ खत्रीले बताइन् ।

सम्बन्धित सामग्री

पहिरोको जोखिममा रहेका ३४ घरपरिवार स्थानान्तरण

जुम्ला : मुगुमा पहिरोको जोखिममा रहेका ३४ घरपरिवारलाई स्थानान्तरण गरिएको छ। मुगु जिल्लाको छायानाथ रारा नगरपालिका १२ लुम्सा गाउँका बाढी र पहिरोको जोखिमका रहेका बस्ती स्थानान्तरण गरिएको हो।पहिरोले भत्किएका घर सरकारले निर्माण गरी स्थानान्तरण गरिएको छ। सघन शहरी तथा भवन निर्माण आयोजना जुम्लाले ती ३४ घर निर्माण गरी बस्ती सारिएको भवन निर्माण आयोजनाका जुम्लाका सबइन्जिनियर चन्द्रबहादुर खड्काले बताए।उनका अनुसार छायानाथ रारा नगरपालिका वडा नम्बर १२ लुम्सामा बाढीपहिरोका कारण विस्थापित परिवारलाई कार्मारोङ गाउँ

ताप्लेजुङमा बाढी पहिरोबाट जोखिममा रहेका बस्ती स्थानान्तरण गरिने

काठमाडौं । ताप्लेजुङका बाढी पहिरोबाट जोखिममा रहेका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने भएको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ ओदकका बाढी र पहिरोका कारण उच्च जोखिममा रहेका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने भएको हो । यही असार २ गते राति निरन्तरको वर्षाले आएको बाढी र पहिरोका कारण उच्च जोखिममा परेको सिंगो बस्तीका घरपरिवारलाई अस्थायी टहरा निर्माण गरी स्थानान्तरण […]

जुम्लाका आठ बस्ती स्थानान्तरण गर्न प्रस्ताव

काठमाडौँ,२६ असोज । विपद्को उच्च जोखिममा रहेको भन्दै जुम्लाका आठ बस्ती स्थानान्तरण गर्नुपर्ने प्रस्ताव राखिएको छ । आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सिञ्जा र हिमा गाउँपालिकाका अध्यक्षद्वय पूर्णप्रसाद धिताल र लक्ष्मण शाहीले बस्ती स्थानान्तरणको प्रस्ताव गरेको हो । सिञ्जा गाउँपालिकाका अध्यक्ष धितालले जोडु, तल्लो भाडगाउँ, चुलेलगाउँ, घोडेङ्गा बस्ती बेलैमा नसारे ठूलो क्षति व्यहोर्नुपर्ने […]

डोटीको सायलका ५८४ घरधुरी पहिराको जोखिममा

डोटीको सायल गाउँपालिकामा बाढी पहिरोका कारण सयौँ घर उच्च जोखिम रहेका छन् । उक्त गाउँपालिका–१, २, ४, ५ र ६ मा रहेका करिब ५८४ घरधुरी पहिराको जोखिममा परेका हुन् ।गत वर्ष असोज, कात्तिक महिनामा परेको अविरल वर्षाले गाउँमाथिबाट पहिरो आएको र ती बस्ती हालसम्म स्थानान्तरण नगरिँदा अहिले जोखिममा परेका स्थानीयवासी तेजबहादुर डुम्रेले बताए । उनले भने, “पोहर सालको बाढी पहिराले बस्ती नै सार्नु पर्ने थियो, अहिलेसम्म बस्ती स्थानान्तरण गरिएन अब ठूलो पानी परे कतिबेला पहिराले बस्ती च्यापिन्छ, साह्रै जोखिम

पहिरो जोखिमका बस्ती स्थानान्तरण गर्न पात्लेखेतबासीको माग

पहिरो उच्च जोखिममा रहेको बेनी नगरपालिका–१० पात्लेखेतबासीले नगरपालिकालाई बस्ती स्थानान्तरण गर्न माग गरेका छन् । मंगलबार सार्वजनिक सुनुवाइ कार्यक्रममा पात्लेखेतका बासिन्दाहरूले बान्द्रे पहिरोको जोखिममा रहेको बस्ती स्थानान्तरण गर्न माग गरेका हुन् ।बेनी नगरपालिकाको आयोजनामा भएको सार्वजनिक सुनुवाइमा पात्लेखेतबासीले पहिरोसँंगै लिफ्ट खानेपानी आयोजनालाई पूर्ण सञ्चालन, गलेश्वर–काउलेगौंडा–पात्लेखेत सडकको स्तरोन्नति, नेपानेमा विद्यालय पुनःसञ्चालन, नेपाने जोड्ने सडक मर्मत, खलखर्कको […]

बाढी पहिरोको जोखिममा रहेका बस्ती स्थानान्तरण हुने

न्युज अफ नेपाल, पर्वत । पर्वत जिल्ला भित्र बर्खायाममा पहिरो र बाढीको जोखिममा पर्न सक्ने बस्तीलाई स्थानान्तरण गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति पर्वतले कुश्मा नगरपालिका र जलजला गाउँपालिकाका पाँचओटा बस्ती स्थानान्तरणका लागि माग गर्दै राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सिफारिश गरेको हो । स्थानान्तरण गर्नुपर्ने बस्तीमा कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारी बस्ती, […]

दुई बस्ती स्थानान्तरण गर्न सिफारिस

हिमाली जुगल गाउँपालिकाका बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको विज्ञहरूले बताएका छन् । आउँदो बर्खा अगाडी नै ती बस्ती स्थानान्तरण गर्न उनीहरूले सरकारलाई सुझावसमेत दिएका छन् ।

सिन्धुपाल्चोकका दुई बस्ती स्थानान्तरण सिफारिश

२२ पुस, काठमाडौं । विपद् सङ्कटग्रस्त क्षेत्र सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका लिदीलगायत जोखिममा रहेका दुई बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले सिफारिश गरेको छ । गत असार र साउनमा आएको पहिराले लिदीमा मात्रै ३९ जनाको ज्यान गएपछि सरकारले उक्त क्षेत्रलगायत आसपासका जोखिम बस्तीको भौगर्भिक अध्ययनका लागि विज्ञको टोली एक महिनाअघि पठाएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण […]

दुई बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले गर्‍यो सिफारिश

विपद् सङ्कटग्रस्त क्षेत्र जुगल गाउँपालिकाका लिदीलगायत जोखिममा रहेका दुई बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले सिफारिश गरेको छ ।  गत असार र साउनमा आएको पहिराले लिदीमा मात्रै ३९ जनाको ज्यान गएपछि सरकारले उक्त क्षेत्रलगायत आसपासका जोखिम बस्तीको भौगर्भिक अध्ययनका लागि विज्ञको टोली एक महिनाअघि पठाएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विज्ञको टोलीले एक सातासम्म जुगलका  चार जोखिम बस्तीको स्थलगत अध्ययन गरेको थियो । टोलीमा  प्राधिकरणका तर्फबाट सहभागी...

सिन्धुपाल्चोकका दुई बस्ती स्थानान्तरण  सिफारिश

विपद् सङ्कटग्रस्त क्षेत्र जुगल गाउँपालिकाका लिदीलगायत जोखिममा रहेका दुई बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले सिफारिश गरेको छ । गत असार र साउनमा आएको पहिराले लिदीमा मात्रै ३९ जनाको ज्यान गएपछि सरकारले उक्त क्षेत्रलगायत आसपासका जोखिम बस्तीको भौगर्भिक अध्ययनका लागि विज्ञको टोली एक महिनाअघि पठाएको थियो ।राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विज्ञको टोलीले एक सातासम्म जुगलका  चार जोखिम बस्तीको स्थलगत अध्ययन गरेको थियो । टोलीमा &nb