सर्लाही – सर्लाहीको कौडेना गाउँपालिकाका स्थानीयवासीले हुलाकी राजमार्ग निर्माणमा लापर्बाही गरेको भन्दै उम्मेदवारलाई चुनाव प्रचारप्रसारमा रोक लगाएका छन् ।
तराईको 'लाइफलाइन' मानिएको हुलाकी राजमार्ग निर्माणको काममा ठेकेदारले लापर्बाही गरेको र वर्षाैँ बितिसक्दासमेत सडक अलपत्र परेको भन्दै स्थानीयवासीले उम्मेदवारलाई गाउँ पस्न नदिइ राजमार्गमा टायर बालेर सडक बन्द गरेका छन् । उनीहरूले मङ्सिर ४ गते हुने चुनावका लागि भोट माग्न हिँडेका उम्मेदवार र उनीहरू चढेका गाडीलाई रोकेर राखेका छन् । स्थानीयवासीले हुलाकी राज...