प्राधिकरणमा खिम्तीको स्वामित्व अलमलमै

खिम्ती जलविद्युत् आयोजनाको आधा स्वामित्व नेपाल विद्युत् प्राधिकरणमातहत लिने प्रक्रियाले अझै पूर्णता पाएको छैन । कानुनी रूपमा २०७७ असार २७ गतेदेखि नै सो कम्पनीको ५० प्रतिशत स्वामित्व प्राधिकरणमा आइसक्नुपर्ने थियो तर आयोजनाका प्रवद्र्धक र सरकारका प्रतिनिधिबीच घनीभूत छलफल हुन नसक्दा एक वर्षदेखि सो आयोजनामा सरकारको स्वामित्व स्थापित हुन पाएको छैन । आयोजनाको स्वामित्व लिनका लागि भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले एक कार्यदल पनि गठन गरेको थियो । कार्यदलले विभिन्न चरणमा भर्चुअल संवाद गरे पनि निचोड भने निकाल्न सकेको छैन । खिम्तीको प्रवद्र्धक कम्पनी हिमाल पावर कम्पनीमा नेपाली साझेदारका रूपमा बुटवल पावर कम्पनी र दुईवटा नर्वेका कम्पनी स्ट्याटक्राफ्ट र बीकेकेको स्वामित्व छ । मुख्य लागनीकर्ता विदेशमै रहेका र उनीहरू संवादका लागि भौतिक रूपमा उपस्थित हुन नसक्दा पनि कामले तीव्रता पाउन नसकेको कार्यदल संयोजक तथा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

होल्डिङ सेन्टरको स्वामित्व हस्तान्तरण अन्योलमा

वीरगञ्ज (पर्सा), १५ चैत । पर्साको वीरगञ्जस्थित भारतीय सीमानाकामा नवनिर्मित होल्डिङ सेन्टरको स्वामित्व हस्तान्तरणको विषय टुङ्गो नलाग्दा होल्डिङ सेन्टर अलपत्र परेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले निर्माण गरिएको होल्डिङ सेन्टर भवन स्वामित्व हस्तान्तरण अन्योल हुँदा भवन अलपत्र परेको हो । सरकारले विसं २०७८ वैशाख ५ गते मन्त्रिपरिषद्को निर्णय अनुरुप नेपाली सेनाले […]

जग्गामा महिलाको स्वामित्व बढ्दै

दाङ– दाङमा महिलाको स्वामित्वमा घर भन्दा धेरै जग्गा रहेको देखिएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार परिवार संख्याको आधारमा जग्गामा महिलाको स्वामित्व धेरै देखिएको छ । राज्यले महिलाको नाममा जग्गा पास गर्दा छुट दिने भएको कारणले पनि स्वामित्व बढ्दै गएको बताइएको छ । दाङमा एक लाख ६२ हजार दुई सय ६६ परिवारमध्ये २४ हजार सात […]

‘पन्थी कार्यदलको स्वामित्व सरकारले लिएकै छैन’

भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधान गर्न गठित बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनको स्वामित्व सरकारले हालसम्म ग्रहण नै नगरेको विषय अदालतमा उठेको छ।...

२५ प्रतिशत घर जग्गामा महिलाको स्वामित्व

स्याङ्जाको कुल परिवार संख्याको २५ प्रतशित महिलाको घर जग्गा (सम्पत्ति) मा स्वामित्व रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको कुल परिवार संख्यामध्ये २५ प्रतिशत महिलाको घर जग्गा (सम्पत्ति) मा स्वामित्व रहेको पाइएको हो । स्याङ्जाको परिवार संख्या ६८ हजार ९५९ रहेकोमा १७ हजार ६३१ महिलाको सम्पत्तिमा स्वामित्व रहेको छ । जिल्लाको कुल जनसंख्या […]

स्याङ्जामा २५ प्रतिशत घर जग्गामा महिलाको स्वामित्व

स्याङ्जा । स्याङ्जाको कुल परिवार संख्याको २५ प्रतिशत घर जग्गामा महिलाको स्वामित्व रहेको पाईएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको कुल परिवार संख्या मध्ये २५ प्रतिशत महिलाको घर जग्गामा स्वामित्व रहेको पाईएको हो । स्याङ्जाको परिवार सख्ंया ६८ हजार ९ सय ५९ रहेकोमा १७ हजार ६ सय ३१ महिलाको सम्पत्तिमा स्वामित्व रहेको छ । […]

अस्पताल विस्तार गर्न आठ बिघाको स्वामित्व लिइँदै

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चितवनमा शिक्षक अस्पताल निर्माण गर्न जग्गाको स्वामित्व लिन प्रक्रिया अगाडि बढाएको छ।...

चेल्सीको स्वामित्व हस्तान्तरण पूरा

काठमाडौं । इंग्लिस प्रिमियर क्लब चेल्सीको स्वामित्व हस्तान्तरण पूरा भएको छ । चेल्सीका रुसी मालिक रोमन अब्राहिमोभिच बेलायत सरकारबाट प्रतिबन्धमा परेपछि क्लब संकटमा परेको थियो । यसैलाई कानुनी बाटोबाट टुंग्याउने प्रक्रिया सोमबार राति सकिएको हो । रोमनले २००४ मा चेल्सी किनेका थिए । अमेरिकी धनाढ्य टोड बोहली र उनको नेतृत्वमा रहेको क्लियरलेक क्यापिटल कन्सोर्टियमले आधिकारिक […]

खिम्ती जलविद्युत आयोजनाले अझै गरेन स्वामित्व हस्तान्तरण

वैदेशिक लगानीमा बनेको खिम्ती जलविद्युत आयोजनाले नेपाल विद्युत प्राधिकरणलाई अझै स्वामित्व हस्तान्तरण गरेको छैन । नेपाल विद्युत प्राधिकरणले २०५१ मंसिरमा कम्पनीसँग विद्युत खरिद सम्झौता गरेको थियो ।सम्झौताअनुसार उत्पादन शुरु भएको २० वर्षपछि १ रुपैयाँ मूल्यमा ५० प्रतिशत स्वामित्व नेपाल विद्युत प्राधिकरणको हुने उल्लेख छ । उक्त कम्पनीले २०५७ सालदेखि व्यापारिक उत्पादन सुरु गरेको हो ।जसअनुसार, २०७७ साल असार महिनामा ५० प्रतिशत स्वामित्व नेपाल विद्युत प्राधिकरणले प्राप्त गर्नुपर्ने हुन्छ । यद्यपी, आजसम्म प

सरकारले किनेर जमिनमा व्यक्तिगत स्वामित्व अन्त गर्नुपर्छः बामदेव गौतम

काठमाडौं, २४ साउन । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले जमिनमाथि व्यक्तिको स्वामित्व अन्त गर्नुपर्ने बताएका छन् । आज राष्ट्रिय सभामा बोल्दै उनले व्यक्तिगत स्वामित्व अन्त गर्नुपर्ने बताएका हुन् । ‘जमिनमाथि व्यक्तिको स्वामित्व रहेसम्म सुकुम्बासी समस्या रहिरहन्छ,’ गौतमले भने,‘जमिनमाथि व्यक्तिको स्वामित्व अन्त गर्नुपर्छ, व्यक्तिको भए सरकारले खरिद गर्नुपर्छ ।’ एकाथरी मानिसहरु जमिनमाथि स्वामित्वबाट प्रयोग गरी धनी […]

सिर्जना फाइनान्सको सेयर स्वामित्व संरचना परिवर्तन हुने

सिर्जना फाइनान्सको सेयर स्वामित्व संरचना परिवर्तन हुने भएको छ । कम्पनीले हाल कायम सेयर संरचना ५२ प्रतिशत संस्थापक र सर्वसाधारणको ४८ प्रतिशत रहेकोमा संस्थापक सेयर स्वामित्व ५१ प्रतिशत कायम रहने गरी परिवर्तन गर्न लागेको हो ।संस्थापक सेयर स्वामित्व ५१ प्रतिशत रहने गरी बाँकी सेयर सर्वसाधारण सेयर सरह दोस्रो बजारमा कारोबार गर्न सकिने भएकाले वैशाख १५ […]