काठमाडौं, २४ साउन । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले जमिनमाथि व्यक्तिको स्वामित्व अन्त गर्नुपर्ने बताएका छन् । आज राष्ट्रिय सभामा बोल्दै उनले व्यक्तिगत स्वामित्व अन्त गर्नुपर्ने बताएका हुन् । ‘जमिनमाथि व्यक्तिको स्वामित्व रहेसम्म सुकुम्बासी समस्या रहिरहन्छ,’ गौतमले भने,‘जमिनमाथि व्यक्तिको स्वामित्व अन्त गर्नुपर्छ, व्यक्तिको भए सरकारले खरिद गर्नुपर्छ ।’ एकाथरी मानिसहरु जमिनमाथि स्वामित्वबाट प्रयोग गरी धनी […]