सप्तरी–२ : चर्चामा उपेन्द्र र सीके, बलिया ठाकुर !

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तरगत मधेस प्रदेशमा यसपटक सबैभन्दा बढी चर्चा सप्तरी–२ को भइरहेको छ । सो क्षेत्रबाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट जेपी ठाकुर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । जसपाका अध्यक्ष यादव एमाले–जसपा गठबन्धनका साझा उम्मेदवार हुन् भने लोसपाबाट ठाकुर सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार हुन् । जनमत पार्टीका अध्यक्ष राउत भने एक्लै प्रतिस्पर्धाम