वीरगञ्ज – माघ १२ गते बिहीबारका दिन परेको सरस्वती पूजाका लागि अहिले वीरगञ्जमा रहेका मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइ नभ्याइ भएको छ। वीरगञ्जमा पर्सासँगै बारा जिल्लाका विद्यालयले पनि सरस्वती पूजाका लागि सरस्वतीको मूर्ति अर्डर गर्ने भएकाले यहाँका मूर्तिकार अहिले माटोको मूर्ति बनाउन व्यस्त छन्। सरस्वती पूजामा अधिकांश विद्यालयका विद्यार्थीले सरस्वतीको मूर्ति खरिद गरेर विद्यालयमा पूजा […]