रौतहट : गत ४ दिनदेखि थन्किएको सरस्वतीको मूर्ति रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू अवधिभित्रै पुरानै सहमतिअनुसार विसर्जन गरिएको छ।मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलको सक्रियतामा जिल्ला समन्वय समितिको सभाकक्षमा सोमवार बसेको सर्वदलीय सर्वपक्षीय बैठकको निर्णयअनुसार पुरानै सहमतिमा मूर्ति विसर्जन गरिएको हो।ईशनाथ–७ घिउरा गाउँ विद्यालयछेउको सार्वजनिक पोखरीमा यसअघि भएको सहमतिअनुसार मूर्ति सेलाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।प्रमुख जिल्ला अधिकारी (सीडीओ) हिरालाल