चुहिसक्यो खरको छानो घर रोयो दाजै, डाँडापाखा, गाउँबेंसी, शहर रोयो दाजै । धन कमाउन हिँडे सबै जन्जाल बिर्सिएर, मुगलान पस्ने जमातको लहर रोयो दाजै । सिस्नु उम्रियो टार बारीमा बाँझो गैरी खेत, धाउनै छाडे खोलानाला नहर रोयो दाजै ।
जंघार तर्दै नुनको भारी बोक्ने चलन गयो, भाँचिएर जाँदा तोक्मा, ढाकर रोयो दाजै ।उर्लिएर खहरेले नछोई दिँदा किनारालाई,
हिउँद वर्षा आसैआसमा बगर रोयो दाजै ।