हिमालमा हिमाली शहर

सुर्खेत : आर्थिक वर्ष २०७९।८० को बजेटमार्फत कर्णालीका तीन ठाउँमा व्यवस्थित हिमाली शहर बनाइने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले हुम्लाको लिमी, हिल्सा र डोल्पाको डोल्पोबुद्धमा व्यवस्थित हिमाली शहर बनाउने बताएका हुन्।भारी हिमपात हुने यी क्षेत्रमा जान र आउन समस्या हुने गर्दछ। यहाँ जान र आउन नै मुस्किल हुने क्षेत्र मध्येमा पर्छन्। हिल्सा नेपाल र चीनको सिमानामा पर्दछ।

सम्बन्धित सामग्री

थपिंदै विकास; रित्तिंदै गाउँबस्ती

विकास गाउँ पस्यो; मानिस शहर। हिमाली र पहाडी क्षेत्रमा विकास र मानिसबीच बेजोडको लुकामारी छ। विकास थिएन; मानिसको चहलपहल गाउँ-बस्तीमा बाक्लो थियो। विगतको तुलनामा सडक-पुलपुलेसा बनेका छन्। बिजुली र सञ्चार सुविधा घर–घरमा पुगेको छ। टोल–टोलमा …

कर्णालीमा मात्र बनाइने हाते तान व्यवसाय लोप हुँदै

हुम्ला । हुम्लाको उच्च हिमाली क्षेत्रमा तान बुन्ने पेसा लोप हुँदै गएको छ । युवाहरू शहर तथा वैदेशिक रोजगारका लागि विभिन्न देशमा जान थालेपछि परम्परागत तान बुन्ने पेसा लोप हुँदै गएको हो । भेडाको ऊनबाट तान बनाउने गरिएपनि जिल्लामा भेडा पालन पनि कम हुँदै गएकाले पेसा नै लोप हुँदै गएको तान बुन्दै आएका व्यवसायीहरु बताउँछन् […] The post कर्णालीमा मात्र बनाइने हाते तान व्यवसाय लोप हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बसाइसराइ घटाउन नयाँ हिमाली शहर निर्माण गरिँदै

धनगढी : संघीय सरकारले ‘नयाँ हिमाली शहर’ निर्माणका लागि गुरुयोजना निर्माण गरेको छ। हिमाली क्षेत्रको बसाइँसराइ कम गर्ने उद्देश्यले हिमाली शहर बनाउने योजनासहित गुरुयोजना तयार गरिएको हो।कुल एक लाख ३८ हजार ९९८ जनसंख्या रहेको बाजुरा (कोल्टी) मा हिमाली शहर निर्माणका लागि गुरुयोजना निर्माण गरिएको नयाँ शहरी आयोजना समन्वय कार्यालयले जनाएको छ। बेरोजगारी न्यूनीकरण गर्न नयाँ शहरी योजना सहयोगी सावित हुने अपेक्षा समेत गरिएको छ। नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ अनुसार बाजुराबाट कामका लाग

एक लाख विपन्न परिवारलाई घर, हिमाली क्षेत्रमा पनि शहर

बजेटमा सिन्धुलीको मरिण, बाराको निजगढ, तनहुँको देवघाट र पाल्पाको रामपुरलाई नेपाली मौलिक शैली र विशेषता झल्किने संरचनासहितको नयाँ शहरको रूपमा विकास गर्न अध्ययन गर्ने उल्लेख छ

‘अहिले देखिएका जस्तो कुरुप शहर नबनोस्’

दाङ – हिमाली न्यौपानेले विदेशी शहरको अवलोकन गर्न त पाएकी छैनन् । तर, उनको मानसपटलमा शहर भन्दा वित्तिकै उही धुलो उड्ने, फोहरको डंगुर भएको, मनिसहरुको कोचाकोच भएको चित्र बन्छ । लुम्बिनी प्रदेशको राजधानी शहर आफ्नो मानसपटलमा बसेको जस्तो कुरुप शहर नबनोस् भन्ने चाहना उनको छ । प्रदेश राजधानी शहर सुन्दर, सफा, व्यवस्थित र हराभरा शहर […]

कोरोनाको कारण सुस्तायो हिमाली जिल्ला मनाङको पर्यटन व्यवसाय

जेठ २२, मनाङ । गण्डकी प्रदेशकै पर्यटन प्रवर्द्धनको मुख्य आधार मानिएको हिमाली जिल्ला मनाङको पर्यटन क्षेत्र कोरोनाका कारण सुस्ताएको छ । वसन्त ऋतुको आगमनसँगै पर्यटकीय गुल्जार हुने यहाँ कोरोना कहरले पुनः सुनसान बनेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले गत वर्षको फागुनदेखि धराशायी बनेको यहाँको पर्यटन क्षेत्र कोरोना कहर मत्थर हुँदै जाँदा बिस्तारै लयमा आउने क्रममा थियो । नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहरको महामारी शुरु भएसँगै गत वैशाख १० गतेदेखि पुनः यहाँको पर्यटन क्षेत्र सुस्ताएको हो ।  देशभरका मुख्य शहरमा कोरोना संक्रमित बढेसँगै वैशाखदेखि लकडाउन शुरु भयो । देशभर कोरोना महामारी बढेसँगै कोरोना रोकथाम तथा नियन्त्रण गर्ने भन्दै जिल्ला प्रशासन कार्यालयले विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्ग थोरङ्ला भञ्ज्याङ, तिलिचो ताल जस्ता महत्वपूर्ण गन्तव्य आन्तारिक तथा बाह्य पर्यटकका लागि बन्द गर्ने निर्णय गरियो । यस्तै समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिएपछि प्रशासनले वैशाख महीनादेखि यहाँका शहर गुमनाम छन् । वर्षेनि ६० हजार विदेशी पर्यटक र करीब तीन लाखको संख्यामा आन्तरिक पर्यटक भित्रिने जिल्लामा नयाँ भेरियन्टको कोरोना प्रभावले सुनसान भएको होटेल व्यवसायी संघका अध्यक्ष विनोद गुरुङले बताए । वर्षेनि हिउँदयामको जाडो मौसमपछि गुल्जार हुने मनाङ कोरोना कहरका कारण प्रतिकुल असर पुर्‍याएको उनले बताए । कोरोनाको पहिलो लहरपछि आशा जगाएको यस पर्यटन क्षेत्रमा दोस्रो लहरले पर्यटकीय क्षेत्रलाई ठूलो क्षति पुगेको उनको भनाइ छ । अन्नपूर्ण संरक्षण क्षेत्रको वार्षिक तथ्यांकअनुसार जिल्लामा बर्षेनि मार्चदेखि जुलाईसम्म प्रत्येक महीना सात हजारदेखि १४ हजारसम्म विदेशी पर्यटक आउने गर्थे । चैतदेखि हजारौँ आन्तरिक पर्यटक विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल जानका लागि यहाँ आउने गर्छन् । यस वर्ष कोरोना कहरका कारण बन्द हुँदा पर्यटकीय गन्तव्य सुनसान छन् । कोरोनाको दोस्रो भेरियन्ट अघि देशका ठूला शहरदेखि मोटरसाइकल र चारपांग्रे सवारी साधान लमजुङ सदरमुकाम बेँसीशहरदेखि लाम लाग्ने गर्दथे ।  कोरोना महामारीको पहिलो लहरले थलिएको मनाङको पर्यटन व्यवसायमा केही आशा जगाए पनि कोरोनाको दोस्रो लहरले पुनः यहाँका पर्यटन व्यवसायीमा थप पीडा थपिदिएको चामे गाउँपालिकास्थित हिमालयन होटेल सञ्चालक सीता गुरुङ बताउँछन् । बर्खायामको वसन्त ऋतुसँगै अनुकूल खुल्ला मौसममा पनि कोरोना कहरले प्रताडित बनाएको यहाँको पर्यटनमा व्यवसायीसमेत कोरोना त्रासमा छन् । यहाँको प्रमुख पर्यटकीय गन्तव्य तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ, मनासलु क्षेत्र, चामेको तातोपानी कुण्ड, सिङ्गर ताल, गङ्गापूर्ण ताल, काङ्ला पासलगायत हिमाल आरोहणमा आउने बाह्य तथा आन्तरिक पर्यटक मनाङ भित्रिएका छैनन् ।  अहिले जिल्लामा झण्डै एक हजारभन्दा बढी होटेल तथा रेष्टुरेन्ट पूर्णरुपमा बन्द अवस्थामा छन् । कोरोनाले सिर्जना गरेको लकडाउनले यो जिल्ला सुनसान बनेको पर्यटन व्यवसायीको भनाइ छ । कोरोनाका कारण पहिलो पटक जिल्लामा ज्यान गएपछि यहाँका मानिस त्रसित बनेका छन् । रासस

डोल्पा कोरोना संक्रमणमुक्त

डोल्पा : हिमाली जिल्ला डोल्पा कोरोना संक्रमणमुक्‍त भएको छ। एक साताअघि कोरोना परीक्षणका लागि नेपालगञ्ज र सुर्खेत पठाइएका २८० जनाकै रिपोर्ट नेगेटिभ आएसँगै डोल्पा कोरोना संक्रमणमुक्त भएको हो। लकडाउन खुलेसँगै शहर बजारबाट भित्रिएका स्थानीय, व्यापारी, कर्मचारी र छिमेकी जिल्ला रुकुम र जाजरकोटबाट ठुलो...

हिमपातपछि मानिस शहर झर्दै, याक र चौँरी भने 'बचाउनै कठिन'

हिमपातपछि हिमाली बस्तीबाट मानिसहरूको बसाइँसराइ सुरु भएको छ। लेकका याक र चौँरीबारे चिन्ता बढेको छ। तर हिउँमा खेल्नेहरूलाई रमाउन केहीले रोकेको छैन।

भ्यु प्वाइन्टबाट हेर्दा यस्तो देखियो पोखरा, फोटो

कास्की : नेपालको पर्यटकीय दृष्टिकोणले चर्चित शहर पोखरा। पर्यटकहरू यहाँ रमाउनुको कारण यस शहरमा भएको प्राकृतिक र भौगोलिक विवधता पनि हो। यहाँ ठूला र गहिरा तालदेखि पाहाडका टुप्पासम्म प्राकृतिक सौन्दर्यको मजा लिन सकिन्छ। यहाँबाट हिमाली सौन्दर्य पनि मजाले नै हेर्न सकिन्छ। प्रख्यात धार्मिक स्थलहरू पनि भ...