लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्य पदबाट निष्कासनमा परेपछि मुख्यमन्त्री शंकर पोखरेल गत बिहीबारदेखि सरकार जोगाउन छलफलमा जुटेका थिए । एमालेले आइतबार संसदीय दलको बैठक बोलाएको थियो ।
पार्टीले कारबाही गरेका जसपाका चार सांसद कानुनी उपचार खोज्न काठमाडौं पुगेका थिए । जसपाले चार सांसदलाई कारबाही गरेपछि एमालेको एकल बहुमत पुग्ने भए पनि सम्भावित फ्लोर क्रस जोगाउन मुख्यमन्त्री पोखरेल छलफलमा थिए । शनिबारसम्म आफ्नै मतबाट सरकार जोगाउने रणनीतिमा पोखरेल थिए ।
एमालेमा दुई प्रदेशसभा सदस्य माधवकुमार नेपाल पक्षमा खुलेका ...