नेपालले हरेक वर्ष मलको अभाव झेल्दै आएको हो । तर यो वर्ष हाहाकार नै भएको छ । सरकारसँग अहिले मलको मौज्दात नै छैन । उता, मल आयात गर्ने निकाय कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुखसहित चारजना भ्रष्टाचारको आरोपमा निलम्बित छन् । जसले मलका लागि हुने सबै गतिविधिहरू ठप्प छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय के गर्ने, के नगर्ने भन्नेमा अलमलमा छ । भारतबाट डेढ लाख मेट्रिक टन मल खरिद गरी तत्काल गर्जो टार्ने सोच मन्त्रालयले बनाएको थियो । त्यसका जीटुजी सम्झौता पत्रमा हस्ताक्षर गर्न सबै तयारी पुरा भएको थि