गेजुवाबाट बूढीगण्डकी खोस्ने संकेत

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको १२०० मेगावाटको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना चाइना गेजुवा वाटर एन्ड पावर समूहबाट खोस्ने संकेत देखाएको छ । तर, उक्त कम्पनीबाट आयोजना फिर्ता लिएपछि कसरी अगाडि बढाउने भन्ने विषय भने सरकारसँग ब्याकअप योजना नभएको देखिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले शुक्रवार मन्त्रालयमै आयोजना गरिएको पत्रकार सम्मेलन उक्त आयोजना अगाडि बढाउन गेजुवालाई समयसीमा तोकिएको बताएकी थिइन् । गेजुवालाई नै पर्खेर बस्न नसकिने उनको भनाइ थियो । गेजुवाबाट उक्त आयोजना खोस्ने रणनीतिमा सरकार लागेको देखिन्छ । तर, गेजुवाबाट आयोजना फिर्ता आएपछि त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा सरकारले ब्याकअप योजना भने बनाएको छैन । मन्त्रालयका एक उच्च अधिकारीले गेजुवाबाट आयोजना फिर्ता आएको अवस्थामा त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा योजना नभएको बताए । ‘शुक्रवारको पत्रकार सम्मेलनमा मन्त्री (पम्फा भुसाल) ले जे भन्नु भयो, मन्त्रालयको त्यही धारणा हो,’ उनले भने, ‘तर, गेजुवा कम्पनीबाट आयोजना फिर्ता आएको अवस्थामा कसरी अगाडि बढ्ने भनेर योजना भने बनेको छैन ।’ आयोजनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा मन्त्रालयले बिशष समिति बनाएर अध्ययन गरिरहेको उनले बताए । ‘उक्त समितिले अध्ययन प्रतिवेदन पेश गरेपछि यस सम्बन्धमा उचित निर्णय होला,’ उनले भने, ‘यसमा छिमेकी मुलुकसँगको सम्बन्धको विषय पनि छ । तसर्थ, सबैतिर सोचेर निर्णय गर्नुपर्ने छ ।’ मन्त्रालयले आयोजना कसरी अगाडि बढाउने भन्ने विषयमा अध्ययन गर्नुले पनि गेजुवाबाट आयोजना खोस्ने तयारीमा सरकार रहेको देखिएको हो । सरकारले स्वदेशी लगानीमा नै बूढीगण्डकी आयोजना बनाउने निर्णय यसअघि नै गरिसकेको छ । त्यसको निर्माणका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा ईपीसीएफ मोडलमा गेजुवालाई बनाउन दिने निर्णय गरेका थिए । पछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि त्यो निर्णय खारेज गरेका थिए । पछि २०७५ असोजमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले गेजुवालाई नै उक्त आयोजना बनाउन दिने निर्णय गरेका थिए । अहिले देउवा सरकारको नेतृत्वमा आएपछि पुनः गेजुवाबाट उक्त आयोजना खोस्न खोजेको देखिन्छ । सरकारले इन्जिनीयरिङ, प्रोक्र्याेरमेन्ट, कन्स्ट्रक्शन एन्ड फाइनान्सिङ (ईपीसीएफ) मोडलमा उक्त आयोजना बनाउने भनेको थियो । यस सम्बन्धमा ऊर्जा मन्त्रालय र गेजुवाबीच पटकपटक छलफलमा पनि भएको थियो । तर, त्यो छलफल टुंगोमा भने पुग्न सकेको छैन । ईपीसीएफ मोडेलमा आयोजना बनाउन सकिने व्यवस्था कुनै पनि ऐनमा छैन । मन्त्रालयहरू बीच भएको एक छलफलमा उपस्थित प्रनिनिधिहरूले यही मोडेलमा आयोजना बनाउन दिन नसकिने बताएका थिए । त्यसकारण आयोजना कसरी बनाउने विषयमा अध्ययन गर्न आवश्यक रहेको बताइएको छ । सरकार भने आयोजनाको निर्माण अगाडि बढाउन पूर्णरूपमा तयार भएर बसेको बताइन्छ । डीपीआर, वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृति, मुआब्जा वितरणलगायत काम सक्किइसकेको छ । अब निर्माणमा जान मात्र बाँकी रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । त्यो अवस्थामा गेजुवालाई लामो समयसम्म कुर्न नसकिने मन्त्रालयका अधिकारीहरूको भनाइ छ । ईपीसीएफ मोडलअनुसार आयोजनाको प्राविधिक र आर्थिक पक्ष जिम्मेवारी कम्पनीको हुन्छ । कम्पनीले आप्mनै लगानीमा आयोजना बनाउनुपर्छ । निर्माणपछि भने सरकारले निश्चित समय तोकेर किस्ताबन्दीमा साँवा र ब्याज तिर्नुपर्ने हुन्छ । तर, निर्माण मोडालिटी, लगानी जस्ता विषयमा सरकारले कम्पनीसँग अझै सम्झौता गर्न सकेको छैन । २०७५ पुसमा भएको एक वार्तामा दुवै तर्फबाट उचित प्रस्ताव ल्याउने सहमति भएको थियो । त्यसपछि पटकपटक छलफल भएपनि कम्पनीसँग कुनै पनि सरकारले सहमति गर्न सकेका छैनन् । बूढीगण्डकी आयोजनाको निर्माणको विषयलाई अत्यन्त महत्त्वका साथ हेरिँदै आएको छ । यसको निर्माणमा ३ खर्बभन्दा बढी रुपैया लाग्ने अनुमान छ । स्वदेशी लगानीमै बनाउने भनेर आव २०७२/७३ देखि सरकारले यसै प्रयोजनका लागि पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ करसमेत उठाउँदै आएको छ ।

सम्बन्धित सामग्री

बूढीगण्डकी जलविद्युत् आयोजना बनाउन कम्पनी दर्ता

१७ भदौ, काठमाडौं । लामो राजनीतिक गञ्जागोल र नीतिगत अस्थिरताको भुमरीमा फसेको बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्र र आम नेपालीका लागि खुसीको खबर छ । अन्तत: बूढीगण्डकी जलविद्युत् पब्लिक लिमिटेड कम्पनी स्थापना भएको छ । कम्पनी रजिष्टारको कार्यालयले सो आयोजना निर्माणका लागि स्थापना भएको बूढीगण्डकी जलविद्युत् नामक पब्लिक लिमिटेड कम्पनी स्थापना गरिएको प्रमाणपत्र शुक्रबार मात्रै […]

बूढीगण्डकी आयोजना कम्पनीमार्फत बनाइने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बहुउद्देश्यीय बूढीगण्डकी जलविद्युत आयोजना यही वर्ष बूढीगण्डकी विद्युत उत्पादन कम्पनी बनाएर अगाडि बढाउने बताएकी छन् । आइतबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एक वर्षको मन्त्रालयको कार्यप्रगति सार्वजनिक गर्दै बूढीगण्डकी जलविद्युत आयोजना १२ सय मेगावाटको स्टोरेज आयोजना भएकाले उक्त आयोजना निर्माणको लागि जग्गा मुआब्जा, पुनर्बासलगायत काम करिब सकिन लागेको […]

बूढीगण्डकी अब कम्पनी मोडेलमा

काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजना अब कम्पनी मोडेलमा बन्ने भएको छ । मन्त्रिपरिषद्को मङ्गलबार सम्पन्न बैठकले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशययुक्त आयोजनालाई कम्पनी मोडेलमा निर्माण गर्ने निर्णय गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा बैठकले कुल एक हजार दुई सय मेगावाट क्षमताको आयोजना कम्पनी मोडेलमा निर्माण गर्ने निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री […]

बूढीगण्डकी बनाउन सरकारले कम्पनी खोल्ने

काठमाडौँ । सरकारले १२ सय मेगावाट क्षमताको बूढीगण्डकी परियोजना सम्पन्न गर्न कम्पनी खोल्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । ऊर्जा मन्त्रालयको प्रस्तावमा यो निर्णय भएको बताइएको छ । ऊर्जा मन्त्रालयले बूढीगण्डकी आयोजना निर्माणका लागि कम्पनी मोडल तयार पारेको थियो । सरकारले तयार पारेको संस्थापक लगानीकर्ताको मोडालिटी तयार भएको छ […]

बूढीगण्डकी जलविद्युत आयोजनाद्वारा घरगोठ, बोटबिरुवाको मुआब्जा वितरण सुरू

बूढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रको घरगोठ, बोटबिरुवाको मुआब्जा वितरण सुरु भएको छ।

बूढीगण्डकी जलविद्युत् आयोजना बन्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले बूढीगण्डकी जलविद्दुत आयोजना बनाउने र आफू अर्थमन्त्री हुँदा काम थाल्ने बताएका छन् । त्रिपुरासुन्दरी मेलामा सोमबार आयोजित सांस्कृति कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले  भने “बूढीगण्डकी बनाउने हो ।”त्रिपुसुन्दरीको न्वागी मेला जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबान क्षेत्रमा पर्ने स्थान हो । यहाँका खेतधनीहरूले मुआब्जासमेत बुझिसकेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले त्रिपुरासुन्दरी मन्दिर सल्यानकोटसम्म कालोपत

‘मोडालिटी टुंगो नलाग्दा बूढीगण्डकी अन्योलमा’

बूढीगण्डकी आयोजनाबारे सर्वसाधारणले राखेको चासोबारे जानकारी दिँदै भट्टराईले आठ वर्ष बितिसक्दा पनि आयोजनाको मोडालिटीमै अल्झँदा आफू दुःखी भएको बताए।...

बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितको दबाबमूलक धर्ना

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको बताएका छन् ।बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले काठमाडौंको माइतिघरमा सुरु गरेको दबाबमुलक धर्ना कार्यक्रममा ऐक्यवद्धता जनाउँदै अध्यक्ष भट्टराईले ७ वर्षभित्र बनिसक्नुपर्ने बूढीगण्डकी जलविद्युत् आयोजनाको काम ८ वर्ष बितिसक्दा पनि काम सम्पन्न हुन नसक्नु लज्जास्पद र बिडम्बनापूर्ण […]

अघि बढ्ला त बूढीगण्डकी जलविद्युत आयोजना ?

लामो समयदेखि चर्चामा मात्रै सीमित भएको बूढीगण्डकी जलविद्युत् आयोजनाको कामलाई गति दिन सरकारले सक्रियता देखाएको छ ।