अघि बढ्ला त बूढीगण्डकी जलविद्युत आयोजना ?

लामो समयदेखि चर्चामा मात्रै सीमित भएको बूढीगण्डकी जलविद्युत् आयोजनाको कामलाई गति दिन सरकारले सक्रियता देखाएको छ ।

सम्बन्धित सामग्री

घोषणामै सीमित बुढीगण्डकी, पूर्वाधार करको सवा खर्ब रुपैयाँ अन्तै खर्च

सरकारले जलासययुक्त बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउन भन्दै पेट्रोलियम पदार्थमा कर लगाउँदै आएको छ। हालसम्म सोवापत सवा खर्बभन्दा बढी रकम उठिसकेको छ । सुरुमा प्रतिलिटर पाँच रूपैयाँ उठाइएकोमा हाल पूर्वाधार कर १० रूपैयाँ छ र गत आर्थिक वर्षसम्म एक खर्ब १६ अर्ब ६० करोड रूपैयाँ उठेको छ। गत आर्थिक वर्ष उठेको रकमको औसतका …

बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गरेरै छाड्छौं : प्रधानमन्त्री

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गरेरै छाड्ने संकल्प लिएको बताउनु भएको छ । आज बुधबार गोरखामा आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आयोजनाको निर्माण कार्यले अब गति लिने पनि दाबी गर्नुभयो । देशको मध्य भागमा जलाशययुक्त जलविद्युत आयोजना निर्माणले सिंगो देशको विकास र समृद्धिमा गुणात्मक योगदान प¥याउने उहाँको […]

बूढीगण्डकी आयोजना कम्पनीमार्फत बनाइने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बहुउद्देश्यीय बूढीगण्डकी जलविद्युत आयोजना यही वर्ष बूढीगण्डकी विद्युत उत्पादन कम्पनी बनाएर अगाडि बढाउने बताएकी छन् । आइतबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एक वर्षको मन्त्रालयको कार्यप्रगति सार्वजनिक गर्दै बूढीगण्डकी जलविद्युत आयोजना १२ सय मेगावाटको स्टोरेज आयोजना भएकाले उक्त आयोजना निर्माणको लागि जग्गा मुआब्जा, पुनर्बासलगायत काम करिब सकिन लागेको […]

बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न कम्पनी खोल्ने सरकारको निर्णय

सरकारले बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्नको लागि कम्पनी खोल्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले १२ सय मेगावाटको उक्त आयोजन निर्माण गर्नको लागि कम्पनी स्थापना गर्ने निर्णय गरेको हो । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको प्रस्तावमा सरकारले यो निर्णय गरेको हो  । कम्पनीमा विद्युत प्राधिकरण, अर्थ मन्त्रालय, उर्जा मन्त्रालय, स्थानीय तह, सर्बसाधारण लगायतको लगानी रहने छ । सरकारले यस अघि उक्त आयोजना चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडबाट खोसेर स्वदेशी लगानीमा बनाउने निर्णय गरिसकेको छ । आयोजनाले आयोजना प्रभावितलाई अधिग्रहण गरिएका जग्गामा रहेका घरगोठ, फलफूल र बोटबिरुवाको क्षतिपूर्ति दिने निर्णय गरेको थियो । चैत्र २१ गते बसेको आयोजनाको मुआब्जा निर्धारण गर्दै गोरखा र धादिङका आयोजना प्रभावितलाई अधिग्रहण गरिएका जग्गामा रहेका घरगोठ, फलफूल र बोटबिरुवाको क्षतिपूर्ति दिने निर्णय गर्दै क्षतिपूर्तिको दर समेत तोकेको हो ।आयोजनाले क्षतिपूर्ति दाबी गर्नको लागि चैत्र २२ गतेदेखि नै आवेदन दिन आग्रह गरेको छ। आयोजनाले धादिङतर्फ साबिक गा.वि.स. हरू (सलाङ, खरी, मैदि, चैनपुर, ज्यामुङ, सल्यानटार, सल्यानकोट, आगिन्चोक, मुलपानी, वुढाथुम, वसेरी, मार्पाक र त्रिपुरेश्वर) जग्गामा रहेका घर गोठ लगायतका भौतिक संरचनाहरू, फलफूल र बोटबिरुवाहरूको मुआब्जा (क्षतिपूर्ति) भुक्तानी गर्ने छ । त्यस्तै आयोजनाले गोरखातर्फ साबिक गा.वि.स. हरू (घ्यालचोक, भुम्लिचोक, दर्बुङ, फुजेल, वुङकोट, नामजुङ, बोर्लाङ, धावा, तान्द्राङ, आश्राङ, आरुचनौटे, आरुअर्वाङ, आरुपोखरी तथा थुमी) जग्गामा रहेका घर गोठ लगायतका भौतिक संरचनाहरू, फलफूल र बोटबिरुवाहरूको मुआब्जा (क्षतिपूर्ति) दिने छ ।सम्बन्धित जग्गा धनीहरूले मुआब्जा (क्षतिपूर्ति) रकम दाबी गर्न नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपूर्जा लगायतका आफूसँग भएको प्रमाण सहित ०७८/१२/२२ गते देखि मुआब्जा (क्षतिपूर्ति) लिन रु.१०/- को टिकट टाँसी रीतपूर्वकको निवेदन सहित गोरखास्थित गण्डकी गाउँपालिका-८, सिउरेनिटारमा रहेको बूढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना एकाइको कार्यालयमा सम्पर्क राख्न आयोजनाले आग्रह गरेको छ ।

कम्पनी खडा गरेर बूढीगण्डकी आयोजना बनाउने सरकारको निर्णय

सरकारले कम्पनी खडा गरेर बूढीगण्डकी जलविद्युत आयोजना बनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोजना स्वदेशी लगानीमा निर्माण गर्नेगरी कम्पनी खडा गरेर अघि बढ्ने निर्णय गरेको हो । केही समयअघि सरकारले राष्ट्रिय गौरवको १२०० मेगावाटको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना चाइना गेजुवा वाटर एन्ड पावर समूहबाट खोस्ने निर्णय गर्दै स्वदेशी लगानीमै बनाउने निर्णय गरेको थियो । सोही अनुसार मंगलबारको मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय गरेको हो ।

बूढीगण्डकी जलविद्युत आयोजनाद्वारा घरगोठ, बोटबिरुवाको मुआब्जा वितरण सुरू

बूढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रको घरगोठ, बोटबिरुवाको मुआब्जा वितरण सुरु भएको छ।

बूढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीबाट खोसिनु राष्ट्रिय हितमा

सरकारले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्ने भएको छ। कहिले स्वदेशी लगानी त कहिले विदेशी कम्पनीलाई जिम्मा लगाइँदै आएको राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत यस आयोजनाको निर्माण अब चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेडलाई नदिएर आन्तरिक स्रोतबाट वित्तीय व्यवस्थापन गरी आयोजनाको निर्माण हुने भएको हो । आयोजनाको लागत अनुमान ऊर्जा […]

बूढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको बताएका छन् । सोमवार बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले काठमाडौंको माइतीघरमा सुरु गरेको दवाबमुलक धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाउँदै अध्यक्ष भट्टराईले ७ वर्षभित्र बनिसक्नुपर्ने बुढीगण्डकी जलविद्युत आयोजनाको काम ८ वर्ष वितिसक्दा पनि  सम्पन्न हुन नसक्नु लज्जास्पद र विडम्बनापूर्ण भएको बताए । उनले आफू प्रधानमन्त्री हुँदा बूढीगण्डकी