शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन विधेयकलाई अन्तिम रुप दिई राष्ट्रिय सभामा दर्ता गर्न लागिएको जानकारी दिएका छन् । ‘विधेयकको प्रक्रिया अघि बढिहालोस् भनेर पहिला दर्ता गरिहाल्ने तयारीमा छौं,’ शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालको १३ औं साधारणसभालाई बिहीबार राजधानीमा सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले भने, ‘संघीय शिक्षा ऐनको विधेयक अर्थ र कानून मन्त्रालयबाट अनुमोदन भइसकेको छ । अब विधेयक दर्ता गर्ने अन्तिम चरणमा पुगेको छ ।’&l