काठमाडौँ – नेकपा (एमाले)का सचिव एवं सांसद योगेश भट्टराईले हाल शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि छिटो संघीय शिक्षा ऐन आवश्यक रहेको बताएका छन्। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काठमाडौँ महानगर समितिद्वारा प्रकाशित ‘काठमाडौँ शिक्षक सौगात २०८०’ शनिबार विमोचन गर्दै शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सदस्य भट्टराईले सो शिक्षा ऐनमा शिक्षकका हकहित सुनिश्चित गर्न आफ्नो पार्टीले […]