काठमाडौं (अस) । सञ्चारमाध्यमले दलितका मुद्दालाई प्राथमिकता दिनुपर्ने सरोकारवालाले सुझाव दिएका छन् । सञ्चारमाध्यमको नियामक निकाय नेपाल प्रेस काउन्सिल र क्रियाशील दलित पत्रकार संघ नेपालद्वारा हालै आयोजित गोष्ठीका वक्ताहरूले उक्त सुझाव दिएका हुन् । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले दलित समुदायको मुद्दा राज्यको मुद्दा भएकाले सञ्चारगृहले प्राथमिकताका साथ उठाउनुपर्ने बताए । सञ्चारमाध्यमका साथै अन्य निकायले पनि आआफ्नो स्थानबाट जिम्मेवारी पूरा गर्नुपर्नेमा उनले जोड दिए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले दलित समुदायबाट आएका पत्रकारको समावेशिताका लागि संरचना नै बनाइएको बताए । न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले दलितको मुद्दामा योजना नै बनाएर समाचार सम्पे्रषण आवश्यक रहेको बताइन् । क्रियाशील दलित पत्रकार संघकी अध्यक्ष पवित्रा सुनारले दलितको मुद्दाका लागि मिडियाको उल्लेख्य भूमिका हुनुपर्ने बताइन् ।