काठमाडौँः बजेट तर्जुमाका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको छानबिनका लागि गठित संसदीय विशेष समितिले प्रतिवेदनलाई करिब अन्तिम रुप दिएको छ। बिहीबार समिति सचिवालय र सदस्यहरुले परामर्श गरेर प्रतिवेदनलाई अन्तिम रुप दिएका हुन्। शुक्रबार सभामुखसमक्ष प्रतिवेदन बुझाइने छ। समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि अभियोग पुष्टिको प्रमाण फेला नगरेको निष्कर्ष निकालेको छ।…