छानबिन समितिको निष्कर्ष– नारायणहिटीमा रेस्टुरेन्ट खोल्न दिन ठेक्का सम्झौतामै मिलेमतो देखियो

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट सञ्चालनबारे अध्ययन गर्न गठित छानबिन समितिले ठेक्का सम्झौतामा मिलेमतो भएको निष्कर्ष निकालेको छ ।  सहसचिव होमप्रसाद लुइटेल संयोजक रहेको समितिले पर्यटन मन्त्रालयलाई बुझाएको २१ पेजको प्रतिवेदनमा ठेक्का दिँदा बजार मूल्य भन्दा कममा दिएको पनि निष्कर्ष निकालिएको छ । नारायणहिटी दरबार संग्रहालयमा क्याट्रिङ सञ्चालनबारे अध्ययन गर्न पुस २२ गते छानबिन समिति गठन गरिएको थियो...

सम्बन्धित सामग्री

नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशकद्वारा राजीनामा

नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले पदबाट राजीनामा दिएका छन् । नारायणहिटी दरबार परिसरमा रेस्टुरेन्ट ठेक्का प्रकरणमा मुछिएपछि दाहालले पर्यटन सचिव महेश्वर न्यौपाने समक्ष राजीनामा बुझाएका हुन् । मन्त्रालयले उक्त ठेक्का प्रकरणमा कार्यकारी निर्देशकको मिलेमतो रहेको देखाएपछि दाहालले पदबाट राजीनामा दिएका हुन् । मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठित समितिले सोमबार प्रतिवेदन सार्वजनिक गर्दै ठेक्का प्रक्रियामा प्रश्न उठाएको थियो । लुइँटेल नेतृत्वको समितिले बतास समूहले नारायणहिटीको दक्षिण गेट नजिकै बनाएको पूर्वाधार भत्काइएको तर, बतास अन्तर्गतकै वि म्यानेजमेन्ट प्रा.लि.ले क्यान्टिन र क्याफ्टेरिया सञ्चालन गर्न प्रयोग गर्न पाउने जग्गा र त्यसको क्षेत्रफलको यकिन नगरी ठेक्का लगाईएको निष्कर्ष निकालेको छ ।

नारायणहिटी–बतास प्रकरणः राजनीतिक दबाब दिने चोखिए

काठमाडौं, पुस २७ । नारायणहिटी दरबारभित्र बतास समूहलाई भाडामा रेस्टुरेन्ट बनाउन दिएको विवादमा राजनीतिक नेतृत्व र तालुकवाला मन्त्रीलाई चोख्याउँदै कर्मचारीलाई मात्र दोषी देखाउनेगरी प्रतिवेदन तयार पारेको पाइएको छ। पछिल्लो समय विवादमा आएको बतास समूहलाई ठेक्का सम्झौतामै मिलेमतो गरेर नारायणहिटी दरबार संग्रहालयको क्यान्टिन भाडामा लगाएको प्रतिवेदनले देखाएको हो। संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालको मौखिक आदेशमा उक्त […]

नारायणहिटी प्रतिवेदन : मन्त्रीलाई चोख्याउँदै कर्मचारीलाई मात्र दोष

नारायणहिटी दरबारभित्र बतास समूहलाई भाडामा रेस्टुरेन्ट बनाउन दिएको विवादमा राजनीतिक नेतृत्व र तालुकवाला मन्त्रीलाई चोख्याउँदै कर्मचारीलाई मात्र दोषी देखाउनेगरी प्रतिवेदन तयार पारेको पाइएको छ।पछिल्लो समय विवादमा आएको बतास समूहलाई ठेक्का सम्झौतामै मिलेमतो गरेर नारायणहिटी दरबार संग्रहालयको क्यान्टिन भाडामा लगाएको प्रतिवेदनले देखाएको हो। संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालको मौखिक आदेशमा उक्त स्वीकृति दिएको भन्दै उनलाई मात्रै दोषी देखाएर तत्कालीन मन्त्री तथा सचिवलगायतलाई चोख्याएको देखिन्छ।

नारायणहिटीमा मिलेमतो ठहर

काठमाडौं । नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट सञ्चालनका लागि भएको ठेक्का प्रक्रिया’bout छानबिन गर्न गठित समितिले नारायणहिटीभित्र रेस्टुरेन्ट ठेक्का सम्झौतामा सरकारी अधिकारी र ठेकेदारको मिलेमतो भएको निष्कर्ष निकालेको छ । छानबिन समितिले नारायणहिटी विकास समितिले बतास समूहको बतास अर्गनाइजेसनअन्तर्गतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट प्रालिले अवैध संरचना निर्माण गर्नुमा दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा […] The post नारायणहिटीमा मिलेमतो ठहर appeared first on राजधानी राष्ट्रिय दैनिक.

नारायणहिटीभित्र मिलेमतोमा ठेक्का सम्झौता भएको छानबिन समितिको निष्कर्ष

काठमाडौं, पुस २६ । नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट सञ्चालनबारे अध्ययन गर्न गठित छानबिन समितिले ठेक्का सम्झौतामा मिलेमतो भएको निष्कर्ष निकालेको छ । सहसचिव होमप्रसाद लुइटेलको संयोजकत्वमा गठित छानबिन समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई २१ पेज लामो प्रतिवेदन बुझाउँदै सम्झौतामा मिलेमतो रहेको निष्कर्ष निकालेको हो । ठेक्का दिँदा बजार मूल्य भन्दा कम […]