नारायणहिटी प्रतिवेदन : मन्त्रीलाई चोख्याउँदै कर्मचारीलाई मात्र दोष

नारायणहिटी दरबारभित्र बतास समूहलाई भाडामा रेस्टुरेन्ट बनाउन दिएको विवादमा राजनीतिक नेतृत्व र तालुकवाला मन्त्रीलाई चोख्याउँदै कर्मचारीलाई मात्र दोषी देखाउनेगरी प्रतिवेदन तयार पारेको पाइएको छ।पछिल्लो समय विवादमा आएको बतास समूहलाई ठेक्का सम्झौतामै मिलेमतो गरेर नारायणहिटी दरबार संग्रहालयको क्यान्टिन भाडामा लगाएको प्रतिवेदनले देखाएको हो। संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालको मौखिक आदेशमा उक्त स्वीकृति दिएको भन्दै उनलाई मात्रै दोषी देखाएर तत्कालीन मन्त्री तथा सचिवलगायतलाई चोख्याएको देखिन्छ।