चैत २८, काठमाडौं । नेपाल राष्ट्र बैंकले रू. १५ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।
केन्द्रीय बैंकले ९१ दिन,१८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलवार जारी हुने यस ट्रेजरी बिलका लागि सोमवार दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले ९१ दिनको लागि रू. ८ अर्ब बरावरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
यस ट्रेजरी बिल आगामी २०७९ असार २८ गते परिपक्व हुनेछ । यस्तै १८२ दिनको लागि रू. २ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागिएको छ। यो बिल आगामी २०७९ असोज २५ गते परिपक्व हुनेछ । त्यसैगरी १ वर्षका लागि रू. ५ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागिएको छ।
यो बिल पनि आगामी २०७९ चैत २८ गते परिपक्व हुनेछ । ट्रेजर बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन सरकारी ऋणपत्र हो ।
व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी तथा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइन्छ। सबै वर्गका बैंक तथा वित्तीय संस्था,संगठित संस्था तथा सर्वसाधारण नागरिक समेतले ट्रेजरी बिलको बोलकबोलमा सहभागिता जनाउन सक्नेछन् ।