डिशहोमको १० एमबीपीएस इन्टरनेट निःशुल्क

डीटीएच सेवा प्रदायक कम्पनी डिशहोमले निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ ।कम्पनीले यसअघि नै बजारमा ल्याएको ‘लाइफस्टाइल’ लाई पुनःनिरन्तरता दिँदै डिशहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिशहोम फाइबरनेट निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो ।गत साउनदेखि रोकिएको यो प्याकेज पुनःसञ्चालनमा ल्याइएको डिशहोमका जेनरल म्यानेजर रमेश सापकोटाले बताए । यसअन्तर्गत ग्राहकले एक महिनाका लागि ६ […]

सम्बन्धित सामग्री

वर्ल्डलिंकको रिफर अफर

काठमाडौं (अस) । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले इन्टरनेट रिफर अफर सार्वजनिक गरेको छ । कम्पनीले रिफर गर्ने र पाउने दुवैलाई आईपीटिभीसहित निःशुल्क एक महिने इन्टरनेट प्याकेज दिने गरी यो अफर ल्याएको हो । अफरमा वल्र्डलिंकका जुनसुकै ग्राहकले कम्पनीको इन्टरनेट जडान गर्न साथीभाइ तथा आफन्तलाई रिफर गर्न सक्नेछन् । यसरी रिफर गरेपछि नयाँ ग्राहकले तीन महिना वा एक वर्षको इन्टरनेट प्याकेज लिनुपर्नेछ । त्यसलगत्तै रिफर गर्ने र लिनेले नेटटिभीसहित एक महिनाको इन्टरनेट निःशुल्क पाउनेछन् । वल्र्डलिंकले उपलब्ध गराइरहेका सबै इन्टरनेट प्याकेजमा यो अफर लागू हुने कम्पनीले जनाएको छ । कम्पनीले हाल १५० एमबीपीएस, २२५ एमबीपीएस, ३०० एमबीपीएस र ६०० एमबीपीएस गतिका इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ ।

सीजी नेटको ‘स्प्रिड मोर गेट मोर’ अफर

काठमाडौं । सीजी नेटले ‘स्प्रिड मोर गेट मोर’ नामक अफर ल्याएको छ । यो अफरअन्तर्गत १२० एमबीपीएस वा ५० एमबीपीएसको तीनमहिने प्याकेज लिने वा अन्यलाई लिन रिफर गर्ने ग्राहकले १० दिन निःशुल्क इन्टरनेट पाउनेछन् । त्यस्तै, अर्धवार्षिक वा वार्षिक प्याकेज लिँदा भने क्रमशः २० दिन र एक महिनाको इन्टरनेट निःशुल्क पाइने...

डिसहोममा निःशुल्क १० एमबीपीएस इन्टरनेट सेवा

काठमाडौं । डीटीएच सेवाप्रदायक कम्पनी डिसहोमले ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । कम्पनीले यसअघि बजारमा ल्याएको लाइफ स्टाइललाई पुनः निरन्तरता दिँदै डिसहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिसहोम फाइबरनेटको निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो । गत साउनदेखि रोकिएको यो प्याकेज सोमबारदेखि पुनः सञ्चालनमा ल्याइएको कम्पनीका महाप्रबन्धक रमेश सापकोटाले बताए । यसअन्तर्गत ग्राहकले १ महिनाका लागि ६ सय रुपैयाँमा डिसहोम टिभीको रिचार्ज गर्दा १० एमबीपीएस गतिको इन्टरनेट निःशुल्क पाइनेछ । त्यस्तै, वार्षिक ग्राहकले मासिक साढे ५ सय रुपैयाँमा डिसहोम रिचार्ज गर्दा निःशुल्क इन्टरनेट प्राप्त गर्न सक्नेछन् । डिसहोमका ग्राहकसँगै नयाँ कनेक्सन लिएका सबैले यो सुविधा पाउने कम्पनीले बताएको छ । हाल देशका मुख्य सहरमा डिसहोमको फाइबर नेट सेवा पुगेको छ ।

डिशहोमको १० एमबीपीएस इन्टरनेट निःशुल्क

काठमाडौं । नेपालको एक मात्र डीटीएच सेवा प्रदायक कम्पनी डिशहोमले निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ । कम्पनीले यसअघि नै बजारमा ल्याएको ‘लाइफस्टाइल’ लाई पुनःनिरन्तरता दिँदै डिशहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिशहोम फाइबरनेट निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो । गत साउनदेखि रोकिएको यो प्याकेज पुनःसञ्चालनमा ल्याइएको डिशहोमका जेनरल म्यानेजर...