कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रसिंह यादवले साउन पहिलो साताभित्र ३० हजार टन युरिया मल नेपाल आइसक्ने बताएका छन् । वीरगञ्जमा आजदेखि शुरु भएको जनता समाजवादी पार्टी को केन्द्रीय समितिको उद्घाटन कार्यक्रममा बोल्दै कृषि मन्त्री यादवले युरिया मल ओमानबाट गाडीमा लोड भएर हिँडिसकेकोले साउन पहिलो सातासम्म नेपाली नाका सम्म आइसक्ने बताएका हुन् । उनले थप २० हजार टन युरिया साल्ट ट्रेडिङले पनि ल्याउन लागेको जनाएका छन् ।प्रत्येक वर्ष बजारमा मल अभाव भएपछि किसानहरु कालोबजारीमा चर्को मूल्य तिरेर वा भा