गौर : पछिल्लो समय रौतहटको सीमानाकाबाट रासायनिक मलको तस्करी बढेको छ। तस्करको समूहले भारत र रौतहटका विभिन्न सीमानाबाट मोटरसाइकलमा युरिया मल तस्करी गर्ने गरेको हो।तस्करको समूहले भारतीय बजारमा सस्तो मूल्यमा खरिद गरेर ल्याई रौतहटमा चर्को मूल्यमा उक्त मल बिक्री वितरण गर्ने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ। जिल्लाको रामपुर खाप, मठिया, बंकुल, औरैया बन्जरा लगायतका सीमानाकाबाट रासायनिक मलको चोरी तस्करी व्यापक रूपमा बढेको स्थानीय बासिन्दाको भनाइ छ।आइतबार रौतहट प्रहरीले १० बोरा भारतीय युरिया मल नि