सरकारलाई राजश्व तिर्न जाँदा वा सरकारसँग भुक्तानी लिंदा तपाईंले सास्ती ब्यहोर्नुभएको छ? लाइनको झन्झट भोग्नुभएको छ वा धेरै समय खेर गएको छ भने अब बिस्तारै त्यसबाट छुटकारा पाउनुहुनेछ। सरकारले २०७५ वैशाख १ देखि सबै प्रकारका सरकारी आर्थिक कारोबार विद्युतीय माध्यमबाट गर्ने निर्णय गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले कार्यभार सम्हाल्दा पहिलो निर्णय नै यही गरेका छन्।…