मोरङमा ३ सय ७५ जना उम्मेदवारले मात्रै गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भएको खर्च विवरण पेश गरेको पाइएको छ । निर्वाचन आयोग ऐन २०७३, स्थानीय तह निर्वाचन ऐन २०७३ र स्थानीय तह निर्वाचन नियमावली २०७३ अनुसार उम्मेदवारले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र खर्च विवरण निर्वाचन आयोगमा बुझाउनु पर्ने उल्लेख छ । तर, राजनीतिक दल र उनका उम्मेदवारहरुले अझै पनि निर्वाचनमा भएको खर्च विवरण बुझाउन अटेरी गरेको पाइएको हो । मोरङमा मात्रै झण्डै साढे ४ हजार उम्मेदवारले निर्वाचनमा प्रतिस