सोलुखुम्बु - सोलुखुम्बुमा यस वर्ष अलैँची उत्पादनमा १७ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।
गएकाे वर्ष ८४ मेक्ट्रिक टन अलैँची उत्पादन भएको जिल्लामा यस वर्ष घटेर ६९ मेक्ट्रिक टन मात्रै उत्पादन भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । जुन १७ दशमलव ८५ प्रतिशतले कमी हो ।
अलैँचीमा रोग किराले दुःख दिनु, मूल्यमा गिरावट आउँदा कृषकहरुले खेतीमा कम चासो दिनु तथा बोट बुढो हुनु जस्ता कारणले उत्पादन घटेको ज्ञान केन्द्र सोलुखुम्बुको अनुमान छ । पछिल्लो समय अलैँचीमा छिर्के फुर्के रोगको प्रकोप अत्यधिक देखिएको कार्यालयका सूच...