ताप्लेजुङमा अलैँची उत्पादन वृद्धि भए पनि मूल्य नबढ्दा स्थानीय किसानले फाइदा लिन सकेका छैनन् । जिल्लाको प्रमुख नगदे बालीका रूपमा रहेको अलैँचीले उचित मूल्य नपाउँदा खेतीमा संलग्न किसान मारमा परेका हुन् ।
आठ÷दस वर्षअघि राम्रो मूल्य आएका कारण खेती गर्न हौसिएका किसानले अलैँची उत्पादन वृद्धि हुँदै गए पनि केही वर्षयता भनेजस्तो मूल्य नपाउँदा अलैँची उत्पादक किसान निराश छन् ।
यो वर्ष ताप्लेजुङमा दुई हजार ९६० मेट्रिक टन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ ।