६ पुस, फिक्कल (इलाम) । इलाममा अलैँचीको उत्पादन बढेको छ । अलैँची खेती गरिएको जमिन घटे पनि उत्पादन भने बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष सात दशमलव ९६ प्रतिशतले अलैँची उत्पादन बढेको उक्त केन्द्रका प्रमुख टोनी बर्देवाले जानकारी दिए । चालु आवमा एक हजार सात सय ५३ हेक्टर जमिनमा […]
खोटाङ– चालु आर्थिक वर्षमा खोटाङमा अलैंची उत्पादन वृद्धि भएको छ । आर्थिक वर्ष २०७९-८० मा यहाँको एक हजार ६४ हेक्टर क्षेत्रफलमा अलैँची लगाइएको र यसबाट ६१० मेट्रिक टन उत्पादन भएको छ । खोटाङमा आर्थिक वर्ष २०७८-०७९ मा ५८५ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । अघिल्लो वर्ष ०.५५ उत्पादकत्व रहेको जिल्लामा चालु आर्थिक वर्ष अलैँचीको […]
खोटाङमा अलैँची उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष जिल्लामा २५.२१ प्रतिशतले अलैँची उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । जिल्लामा अघिल्लो वर्ष ७८७.३६ मेट्रिक टन अलैँची उत्पादन भएको थियो भने यो वर्ष १९८.५२ ले घटेर ५८८.८४ मेट्रिक टन उत्पादन भएको ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख हरिनारायण राईले जानकारी दिनुभयो ।
जिल्लामा अलैँची उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्षमा २४५ मेट्रिक टन अलैँचीको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५४२ मेट्रिक टन अलैँची उत्पादन भएकोमा गत आर्थिक वर्षमा ७८७ मेट्रिक टन उत्पादन भएको हो । उत्पादनमा वृद्धि भएपनि यसले उचित मूल्य पाउन सकेको छैन । महत्वपूर्ण नगदे बालीको रुपमा रहेको अलैँची खेतीप्रति उत्साहित किसान उचित मूल्य नपाउँदा भने निराश देखिएका छन् । कुनै समयमा राम्रो मूल्यमा बिक्
सोलुखुम्बु - सोलुखुम्बुमा यस वर्ष अलैँची उत्पादनमा १७ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।
गएकाे वर्ष ८४ मेक्ट्रिक टन अलैँची उत्पादन भएको जिल्लामा यस वर्ष घटेर ६९ मेक्ट्रिक टन मात्रै उत्पादन भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । जुन १७ दशमलव ८५ प्रतिशतले कमी हो ।
अलैँचीमा रोग किराले दुःख दिनु, मूल्यमा गिरावट आउँदा कृषकहरुले खेतीमा कम चासो दिनु तथा बोट बुढो हुनु जस्ता कारणले उत्पादन घटेको ज्ञान केन्द्र सोलुखुम्बुको अनुमान छ । पछिल्लो समय अलैँचीमा छिर्के फुर्के रोगको प्रकोप अत्यधिक देखिएको कार्यालयका सूच...
अलैंँची उत्पादनमा भारी गिरावट : यसवर्ष ३५ मेट्रीकटन मात्रै अलैँची उत्पादन
लमजुङमा अघिल्लो वर्षको तुलनामा ८५ प्रतिशतले अलैंँची उत्पादन घटेको छ । अलैंची उत्पादनमा भारी गिरावट हुँदा लमजुङका अलैंची किसान चिन्तित बनेका...
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपका राजकुमार राई तिहारका बेला पनि फुर्सद छैन । हिजोआज उनी अलैँची टिप्न र सुकाउनमै व्यस्त छन् । लगाइएको अलैँची पाकेपछि असोज दोस्रो सातादेखि राईको व्यस्तता बढेको हो । उनले वार्षिक करिब नौ मन अलैँची उत्पादन गर्दै आएका छन् ।फक्ताङलुङ गाउँपालिका–६ फेम्बुका ईन्द्र लिम्बूलाई राईकै जस्तो बगानमा लगाइएको अलैँची टिप्न र सुकाउन भ्याइनभ्याई छ । पाकेको अलैँची घरमा भित्रयाउन, छोडाउने र भट्टीमा हालेर सुकाउनु नै लिम्बू दिनचर्या बनेको छ । उनले वर्षमा करिब १३ मनसम
काठमाडौं। ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट एक वर्षमा किसानले एक अर्ब ३५ करोड आम्दानी गरेका छन्। अलैँची जोनबाट २ हजार ६ मेट्रिक टन अलैँची उत्पादन भएको थियो। दुई हजार मेट्रिक टन अलैँची बिक्रीबाट १ अर्ब ३५ करोड आम्दानी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालय ताप्लेजुङले जनाएको हो। करिब छ मेट्रिक टन अलैँची मात्र ताप्लेजुङमा खपत भएको छ।
ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट एक वर्षमा किसानले रु एक अर्ब ३५ करोड आम्दानी लिएका छन् । जिल्लाका विभिन्न क्षेत्रबाट किसानले अलैँची उत्पादन गरेका हुन् । अलैँची जोनबाट दुई हजार छ मेट्रिक टन उत्पादन भएकोमा दुई हजार मेट्रिक टन बिक्रीबाट रु एक अर्ब ३५ करोडभन्दा बढी किसानले आम्दानी लिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालय ताप्लेजुङले जनाएको छ । करिब छ मेट्रिक टन अलैँची मात्र ताप्लेजुङमा खपत भएको तथ्याङ्कले जनाएको छ । अलैँची जोनले ताप्लेजुङमा तीन हजार ७०० ह
ताप्लेजुङमा अलैँची उत्पादन वृद्धि भए पनि मूल्य नबढ्दा स्थानीय किसानले फाइदा लिन सकेका छैनन् । जिल्लाको प्रमुख नगदे बालीका रूपमा रहेको अलैँचीले उचित मूल्य नपाउँदा खेतीमा संलग्न किसान मारमा परेका हुन् ।
आठ÷दस वर्षअघि राम्रो मूल्य आएका कारण खेती गर्न हौसिएका किसानले अलैँची उत्पादन वृद्धि हुँदै गए पनि केही वर्षयता भनेजस्तो मूल्य नपाउँदा अलैँची उत्पादक किसान निराश छन् ।
यो वर्ष ताप्लेजुङमा दुई हजार ९६० मेट्रिक टन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ ।