अलैँचीबाट एक अर्ब ३५ करोड आम्दानी

ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट एक वर्षमा किसानले रु एक अर्ब ३५ करोड आम्दानी लिएका छन् । जिल्लाका विभिन्न क्षेत्रबाट किसानले अलैँची उत्पादन गरेका हुन् । अलैँची जोनबाट दुई हजार छ मेट्रिक टन उत्पादन भएकोमा दुई हजार मेट्रिक टन बिक्रीबाट रु एक अर्ब ३५ करोडभन्दा बढी किसानले आम्दानी लिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालय ताप्लेजुङले जनाएको छ । करिब छ मेट्रिक टन अलैँची मात्र ताप्लेजुङमा खपत भएको तथ्याङ्कले जनाएको छ । अलैँची जोनले ताप्लेजुङमा तीन हजार ७०० ह

सम्बन्धित सामग्री

५ अर्ब ३५ करोडको बिजुली बेच्दा पनि माथिल्लो तामाकोशी नोक्सानीमा

१ फागुन, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा ५ अर्ब ३५ करोड रुपैयाँको बिजुली बिक्री गरेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको विद्युत् बिक्री आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ७.४ प्रतिशत बढी हो । गत वर्ष यस अवधिमा विद्युत् बिक्री आम्दानी ४ अर्ब ९८ करोड […]

माघमा धितोपत्र बजारबाट सरकारको आम्दानी करीब ३५ करोड

काठमाडौं । एक महीनामा सरकारले धितोपत्र दोस्रो बजारका लगानीकर्ताबाट रू. ३४ करोड ६४ लाख ५ हजारभन्दा बढी कर संकलन गरेको छ । सरकारले माघमा मात्र धितोपत्र बजारका लगानीकर्ताबाट उक्त रकम बराबर कर संकलन गरेको हो । धितोपत्र बजारका लगानीकर्ताले नाफामा धितोपत्र विक्री गरेबापत सरकारलाई १० प्रतिशतसम्म पूँजीगत लाभकर बुझाउनुपर्ने व्यवस्था छ । संस्थागत लगानीकर्ताले १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताले ५ देखि ७ दशमलव ५० प्रतिशतसम्म पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था रहेको छ ।  व्यक्तिगत लगानीकर्ताले एक वर्षभन्दा बढी समय राखेर धितोपत्र विक्री गरेको खण्डमा ५ प्रतिशत र एक वर्षभन्दा कम समय राखेर विक्री गरेको खण्डमा ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ । दीर्घकालीन लगानीकर्तालाई धितोपत्र कारोबारमा प्रोत्साहन गर्ने उद्देश्यसहित पूँजीगत लाभकरमा लागू गरिएको यो व्यवस्थाले प्रभावकारी भूमिका भने खेलेको देखिँदैन । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले पछिल्लो समय अल्कालीन लगानीकर्ता कारोबारमा बढी सहभागी भएको जानकारी दिएका छन् । पूँजीगत लाभकरसमेत अल्कालीन लगानीकर्ताबाटै बढी संकलन भएको न्यौपानेको भनाइ छ । न्यौपानेले उपलब्ध गराएको तथ्यांकअनुसार माघ महीनामा मात्र अल्पकालीन लगानीकर्ताबाट रू. २४ करोड ६५ लाख ३१ हजार पूँजीगत लाभकर संकलन भएको छ । दीर्घकालीन लगानीकर्ताबाट भने रू. ९ करोड ९८ लाख ७४ हजार कर संकलन भएको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् ।  पुसको तुलनामा माघमा सरकारले रू. ९ लाख ५६ हजारभन्दा कम पूँजीगत लाभकर संकलन गरेको छ । पुसमा अल्पकालीन लगानीकर्ताबाट रू. २४ करोड ६८ लाखभन्दा बढी र दीर्घकालीन लगानीकर्ताबाट रू. १० करोड ४ लाखभन्दा बढी गरी कुल रू. ३४ करोड ७३ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन भएको थियो । पुस महीनामा १ हजार ८८२ दशमलव ६० विन्दुदेखि बजार उकालो लागेर २ हजार १४९ दशमलव ३९ विन्दुमा पुगेको थियो । माघको कारोबारमा भने बजार २ हजार १२१ दशमलव ८६ विन्दुमा झरेको छ । पुस मसान्तसम्मको तुलनामा माघ महीनामा लगानीकर्ताको सम्पत्ति मूल्य रू. ४१ अर्ब १९ करोड ४९ लाखले घटेको छ । लगानीकर्ताले पुस महीनामा बढेको बजारबाट आफ्नो लगानीमा भएको नाफा माघ महीनामा बुक गरेको देखिन्छ । माघमा धितोपत्र दोस्रो बजारमा रू. ५३ अर्ब ४६ करोड ९० लाख बराबरको १४ करोड ८१ लाख ३४ हजार ६९२ कित्ता धितोपत्र खरीदविक्री भएको छ । पुसमा भने रू. ५८ अर्ब ८७ करोड ३५ लाखभन्दा बढीको १६ करोड ८४ हजार ८२५ कित्ता धितोपत्र खरीदविक्री भएको थियो । पुसको तुलनामा माघमा रू. ५ अर्ब ४० करोड ४४ लाखभन्दा कमको धितोपत्र खरीदविक्री भएको हो ।  महीना  कुल पूँजीगत लाभकर संकलन रू.   अल्पकालीन लगानीकर्ताबाट संकलन रू.  दीर्घकालीन लगानीकर्ताबाट संकलन रू.  माघ ३४६४०५८४१ २४६५३११७३ ९९८७४६६८ पुस ३४७३६२१८८ २४६८६७६६२ १००४९४५२६ फरक –९५६३४७ –३३६४८९ –६१९८५८ स्रोत : सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)

प्राधिकरणले बेच्यो ११ अर्ब १६ करोडको विजुली

नेपाल विद्युत् प्राधिकरणले एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत जेठ १९ देखि यही पुस ३ सम्म बिजुली निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको बिजुली भारतलाई बिक्री गरेको हो । प्राधिकरणले इन्डियन […]

विद्युत बेचेर प्राधिकरणले कमायाे ११ अर्ब १६ करोड

काठमाडाैँ- नेपाल विद्युत् प्राधिकरणले एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट बिजुली भारत निर्यात गरेको छ। प्राधिकरणले गत जेठ १९ देखि यही पुस ३ सम्म बिजुली निर्यात गरी रु ११ अर्ब १६ करोड ३० लाख आम्दानी गरेको छ। प्राधिकरणले देशभित्र खपत गरी बढी भएको बिजुली भारतलाई बिक्री गरेको हो । प्राधिकरणले इन्डियन इनर्जी […]

प्राधिकरणले बेच्यो ११ अर्ब १६ करोडको विजुली

काठमाडौँ,५ पुष । नेपाल विद्युत् प्राधिकरणले एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत जेठ १९ देखि यही पुस ३ सम्म बिजुली निर्यात गरी रु ११ अर्ब १६ करोड ३० लाख आम्दानी गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको बिजुली भारतलाई बिक्री गरेको हो […]

चैत मसान्तसम्म नबिल बैंकको नाफा रू. ३ अर्ब ३५ करोड

वैशाख ६, काठमाडौं । नबिल बैंकले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले तेस्रो त्रैमास (चैत मसान्त) सम्ममा रू. ३ अर्ब ३५ करोड नाफा कमाएको हो । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा भने ८ दशमलव ९ प्रतिशतले घटेको हो ।  कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ३ अर्ब ६७ करोड नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा बढेकाले नाफा घटेको हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा शून्य दशमलव ४८ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा बढेर १ दशमलव १४ प्रतिशत पुगेको हो ।  जसका कारण इम्पेरिमेण्ट चार्ज रू. ६१ करोड ५ लाख पुगेको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा ८ दशमलव ७४ प्रतिशत घटेकाले नाफा घट्न पुगेको हो । यसोत कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा २९ प्रतिशत वृद्धि भएको छ ।  कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ५ अर्ब ९ करोड खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ६ अर्ब ५९ करोड पुगेको हो  । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ ।  गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३६ दशमलव ६३ रहेकोमा चालू आवमा रू. २४ दशमलव ३९ मा झरेको हो । त्यसैगरी चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. २ अर्ब १७ करोड रहेको छ ।  त्यसैगरी कम्पनीको चुक्ता पूँजी रू. १८ अर्ब ४९ करोड रहेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. रिर्जभमा रू. १४ अर्ब ५३ करोड, रिटेण्ड अर्निङमा रू. २ अर्ब १६ करोड र शेयर प्रिमियममा रू. ७४ हजार सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ३९ दशमलव ८२ गुणा र प्रतिशेयर नेटवर्थ रू. १९० दशमलव २९ रहेको छ ।

नेपाल बैंकले छ महिनामा १ अर्ब ४१ करोड नाफा कमायो

नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको छ महिनामा १ अर्ब ४१ करोड खुद नाफा कमाएको छ । बैंकले जारी गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्मको वित्तीय रिपोर्ट अनुसार बैंकले अघिल्लो वर्षको भन्दा ४.९३ प्रतिशतले नाफा वृद्धि गर्दै १ अर्ब ४१ करोड ७० लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो वर्ष यसै अवधिमा बैंकले १ अर्ब ३५ करोड ४ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १.८० प्रतिशतले बढेपनि सञ्चालन नाफा भने २०.०८ प्रतिशतले घटेको छ ।

६ महिनामा २ अर्ब ६६ करोड नाफा गर्दै ग्लोबल आईएमई बैंक शीर्ष स्थानमा

२७ वटा वाणिज्य बैंकहरू मध्येकै ठूलो बैंक ग्लोबल आईएमई बैंक चालू आर्थिक वर्षको ६ महिनामा सबैभन्दा बढी नाफा गर्ने बैंकको  शीर्ष स्थानमा रहन सफल भएको छ । बैंकले आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्म २ अर्ब ६६ करोड रूपैयाँ खुद नाफा गर्न सफल भएको हो । जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा ३५ करोड रूपैयाँले बढी हो । बैंकले गत वर्षको पुस मसान्तसम्म २ अर्ब ३१ करोड ५१ लाख रूपैयाँ खुद नाफा कमाएको थियो । बैंकले समीक्षा अवधिमा ४ अर्ब ७९ करोड रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यस्तो ब

ताप्लेजुङका किसानले अलैँचीबाट गरे १ अर्ब ३५ करोडको आम्दानी

काठमाडौं। ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट एक वर्षमा किसानले एक अर्ब ३५ करोड आम्दानी गरेका छन्। अलैँची जोनबाट २ हजार ६ मेट्रिक टन अलैँची उत्पादन भएको थियो। दुई हजार मेट्रिक टन अलैँची बिक्रीबाट १ अर्ब ३५ करोड आम्दानी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालय ताप्लेजुङले जनाएको हो। करिब छ मेट्रिक टन अलैँची मात्र ताप्लेजुङमा खपत भएको छ।

ताप्लेजुङमा अलैँची विक्रीबाट १ अर्ब ३५ करोड आम्दानी

साउन ४, ताप्लेजुङ । ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको विक्रीबाट एक वर्षमा किसानले रू. एक अर्ब ३५ करोड आम्दानी लिएका छन् । जिल्लाका विभिन्न क्षेत्रबाट किसानले अलैँची उत्पादन गरेका हुन् ।  अलैँची जोनबाट दुई हजार ६ मेट्रिक टन अलैँची उत्पादन भएकोमा दुई हजार मेट्रिक टन विक्रीबाट रू. एक अर्ब ३५ करोडभन्दा बढी किसानले आम्दानी लिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।  करीब ६ मेट्रिक टन अलैँची मात्र ताप्लेजुङमा खपत भएको तथ्यांकले जानकारी दिएको छ । अलैँची जोनले ताप्लेजुङमा तीन हजार ७०० हेक्टर क्षेत्रफल ओगटे पनि तीन हजार ४०० हेक्टर क्षेत्रफल मात्र उत्पादनशील क्षेत्र रहेको अलैँची जोनका कृषि विकास अधिकृत शम्भुप्रसाद देवले बताए । फुङ्लिङ नगरपालिकाका–११ मध्ये सबै वडामा किसानले अलैँची खेती गर्दै आएका छन् । मैवाखोला गाउँपालिकामा छ मध्ये सबै वडामा अलैँची उत्पादन हुँदै आएको अलैँची जोन कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।  मिक्वाखोला गाउँपालिकाका पाँच वडा र फक्ताङलुङ गाउँपालिकाको वडा नं ७ ओलाङ्चुङगोलाबाहेक ६ ओटा वडामा अलैँची खेती हुँदै आएको छ । आठराइ त्रिवेणी गाउँपालिकाका वडा नं ३, ४ र ५ गरी तीन ओटा वडा र पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नं १ र ३ गरी दुई ओटा वडामा किसानले अलैँची खेती गर्दै आएका छन् । मेरिङ्देन गाउँपालिकाको वडा नं ३ खाम्लुङबाहेक बाँकी पाँच ओटा वडा र सिरिजंगा गाउँपालिकाको वडा नं ६ मामांखेमा अलैँची खेती गरिन्छ । जिल्लामा रहेका कुल ६१ वडामध्ये प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोनले ३९ ओटा वडामा कार्यक्षेत्र बनाएर कार्यक्रम गर्दै आएको अलैँची जोनका कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । रासस