सरसफाइ गर्न खानेपानीको मुहान पुगे धरानका मेयर

काठमाडौं । धरानका मेयर हर्कराज साम्पाङले नगरको खानेपानी मुहान पुगेर खानेपानी आपूर्तिको अवस्थाबारे जानकारी लिएका छन् । अधिकांश ठाउँमा नवनिर्वाचित जनप्रतिनिधि विजय जुलुससहित जितको खुसी मनाइरहँदा साम्पाङ फिल्डमा खटिएका हुन् । साम्पाङले मुहानमा रहेका संरचनाको कमजोरी सच्याउन र सरसफाइका लागि निर्देशन दिँदै आफैं पनि सरसफाइ कार्यमा सहभागी भए । आफ्नो पहिलो उद्देश्य धरानको खानेपानी समस्या […]

सम्बन्धित सामग्री

खानेपानीको मुहान संरक्षण गर्न धनकुटामा वृक्षारोपण अभियान

धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि वृक्षारोपण अभियान सुरु गरिएको छ। धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अगुवाइमा निबुवा तांखुवा जलाधार मूलाधार क्षेत्रमा वृक्षरोपण अभियान थालिएको हो। मुहान क्षेत्रको संरक्षण गर्दै...

कोलिफर्म भेटिएको सिमकोटको पानीमा क्लोरिन मिसाइयो

सिमकोट – सदरमुुकाम सिमकोटको खानेपानीको रिजर्भ ट्यांकीमा क्लोरिन मिसाइएको छ। खानेपानीको मुहान र ट्यांकीमा कोलिफर्मका जीवाणु भेटिएपछि क्लोरिन मिसाइएको हो। युनिसेफ नेपालको आर्थिक सहयोगमा सञ्चालित खानेपानी तथा सरसफाइ स्वच्छता कार्यक्रम (वास) का संयोजक जंगबहादुर रोकायाले कोलिफर्म र इकोली भेटिएको सिमकोटको पानीमा क्लोरिन मिसाइएको बताए। सिमकोट गाउँपालिका– ५ र ६ वटा तथा बजार क्षेत्रका लागि पानी […]

बगरफाँटको धारामा तीन महिनापछि पानी

म्याग्दी : बेनी नगरपालिका–२ बगरफाँटमा जेठ अन्तिम साता बाढी र पहिरोले क्षति पुगेको खानेपानी सञ्चालनमा आएको छ।खानेपानीको मुहान र पाइपालनमा क्षति पुगेपछि बगरफाँटका २०८ घर परिवार तीन महिनादेखि खोला र कुवाको दुषित पानी पिउन बाध्य थिए। बगरफाँट खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र स्थानीय वासीले एक सातासम्म मर्मतसम्भार र मुहानको सरसफाइ गरेपछि बिहीबारदेखि गाउँका २८ वटै धारामा खानेपानी आएको स्थानीय गोपाल शर्माले बताए। यसबीच सामान्य मर्मत गरेर केही दिन खानेपानी आए पनि लगातारको वर्षाका कारण

चुनढुङ्गा उत्खनन गर्दा खानेपानीको मुहान सुक्ने भन्दै आपत्ति

तुलसीपुर । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको मुहान क्षेत्रको क्षेत्रमा उत्खननका लागि अनुमति पाएको भन्ने सूचना पाएपछि संस्थाले त्यसको विरोध जनाएको छ । संस्थाका सचिव मनोज लामिछानेका अनुसार राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ र ४ का विभिन्न स्थानमा रहेका खानेपानीको मुहानलाई असर गर्ने गरी चुनढुङ्गा उत्खननको अनुमति दिन थालिएको भन्दै यसको आपत्ति जनाइएको हो । […]

म्याग्दीको बगरफाँटमा खानेपानीको हाहाकार

म्याग्दी । बेनी नगरपालिका–२ बगरफाँटमा पहिरोले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि खानेपानीको हाहाकार भएको छ । गत असार ७ गते मरुवा, उपल्लो खन्ना र बांखे छहरोमा गएको बाढी तथा पहिरोले मुहान र पाइप लाइन बगाइदिएपछि यहाँका २०८ घर परिवारलाई खानेपानीको समस्या भएको हो । यसबीचमा पाइपको सामान्य मर्मत गरेर केही दिन पानी सञ्चालन गरिएको भए पनि लगातारको वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर पाइपमा क्षति पु¥याएपछि बगरफाँटका बासिन्दा विगत २ महीनादेखि खोला र कुवाको पानी पानी बाध्य छन् । गाउँमा रहेका २८ धारामा पानी नआएपछि यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएको बेनी–२ बगरफाँटका गोपाल शर्माले बताए । सो स्थानमा २१४ घरधुरी छन् ।      २०६९ सालमा बेनी–३ भकिम्ली र बेनी–२ ज्यामरुककोटका सिमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ धारामा वितरण गरिएको थियो । ५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको थियो । यसपछि वर्षेनि बर्खाको समयमा बाढी र पहिरोले पाइपलाइनलाई क्षति पुर्‍याउँदा मर्मत गरी पानी सञ्चालन गर्ने गरिएकोमा यस वर्ष भने पाइप लाइन र मुहानलगायत सात ठाउँमा ठूलो पहिरो गएकाले सामान्य मर्मतले मात्र सम्भव नभएको आयोजनाका अध्यक्ष कृष्णबहादुर कार्कीले बताए । उनका अनुसार अझै केही दिनसम्म समस्या यथावत् रहने र वर्षा रोकिएपछि मर्मत अघि बढाइनेछ । गाउँका पुछारमा म्याग्दी नदी र शिरानमा आप्रे, उडाइनो, मुलछहरी, कोप्रे झरनालगायत पानीका आधा दर्जनभन्दा बढी स्रोत रहेको भए पनि ती स्रोतलाई व्यवस्थित गर्न नसक्दा यहाँका बासिन्दाले खानेपानीको समस्या खेप्दै आएका छन् । रासस

बाढीले काभ्रेका दुई ठूला खानेपानी आयोजनामा क्षति

काभ्रेपलाञ्चोक । इन्द्रावती नदीमा आएको बाढीले काभ्रेपलाञ्चोकका दुई ठूला खानेपानी आयोजनामा क्षति पुर्‍याएको छ । मेलम्ची हुँदै इन्द्रावती नदीमा गत असार १ गतेदेखि पटकपटक बाढी आउँदा पाँचखाल बृहत् शहरी खानेपानी तथा सरसफाइ आयोजना र तेमाल बृहत् सुक्खा–क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाको मुहानमा ठूलो क्षति पु¥याएको हो । लिफ्टिङ प्रविधिका पाँचखाल खानेपानीको मुहान इन्द्रावती नदी किनार र तेमाल खानेपानीको मुहान सुनकोशी नदी किनारमा छन् । यस वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका वडा नं २ र ३ को सिमाना सुनकोशी नदी किनार चुखाबेंँसीका कटान शुरू गरेको थियो । त्यससँगै यही साउन १७ र १९ गतेको बाढीले आयोजनाको मुहानको पक्की संरचनासमेत बगाएको उपभोक्ता समितिका अध्यक्ष संगामजित लामाले बताए । उनका अनुसार त्यहाँ निर्माण भएको ट्यांकीसमेत जोखिममा छ । ‘यस वर्षको अनपेक्षित बाढीले खानेपानीको मुहान क्षेत्रमा करोडौंको क्षति पु¥यायो, क्षतिबारे हामी अनुगमन गर्दछौं, क्षतिको प्रतिवेदन आउन बाँकी छ,’ लामाले भने । २०७२ असारमा सम्झौता भएको आयोजनाको काम गत साल मङ्सिरमा सक्ने लक्ष्य राखिए पनि कारोना महामारीका कारण कामको निरन्तरता नहुँदा केही धकेलिएको थियो । बाढीले क्षति पु¥याएको पुनर्निर्माण गर्दा केही समय अझै धकेलिने लामाले बताए । तेमाल क्षेत्रका ९ हजार ३१० परिवारका करीब ५५ हजार व्यक्तिका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो । भूकम्पलगत्तै खानेपानीका मूल सुक्दै गएपछि तेमालका केही बासिन्दा विस्थापित हुने तरखरमा थिए । तर बृहत् खानेपानी आयोजनाले रोकेको बताइन्छ । खानेपानी विभागमार्फत १ अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताको ९ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा करीब ९५ प्रतिशत काम सकिएको समितिका अध्यक्ष लामाले जानकारी दिए । उनका अनुसार सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइनेछ । यस्तै इन्द्रावती नदीको पहिलो र त्यसपछिको बाढीले पाँचखाल खानेपानी आयोजनाको मुहानमा निर्माणाधीन संरचनामा २ करोडभन्दा बढीको क्षति पुगेको उपभोक्ता समितिले बताएको छ । भुम्लु गाउँपालिका–१० बिमिरेस्थित मुहानका सबै संरचना ध्वस्त भई ठूलो क्षति पुगेको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए । उनका अनुसार मुहानको इन्टेक, २० ठूला पम्प, प्यानल बोर्ड, पाइप तथा प्रोटेक्सन वालमा क्षति पुगेको छ भने निर्माणार्थ राखिएको सय टिपरभन्दा बढी बालुवा र केही मात्रामा सिमेन्ट बगाएको छ ।      आयोजनाका सहायक व्यवस्थापक इन्द्रमानसिंह बस्नेतका अनुसार निर्माणाधीन संरचना सुरक्षाका लागि बनाइएको तटबन्धका केही बाहेकका सबै संरचना बाढीले बगाएको छ ।    रासस