म्याग्दीको बगरफाँटमा खानेपानीको हाहाकार

म्याग्दी । बेनी नगरपालिका–२ बगरफाँटमा पहिरोले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि खानेपानीको हाहाकार भएको छ । गत असार ७ गते मरुवा, उपल्लो खन्ना र बांखे छहरोमा गएको बाढी तथा पहिरोले मुहान र पाइप लाइन बगाइदिएपछि यहाँका २०८ घर परिवारलाई खानेपानीको समस्या भएको हो । यसबीचमा पाइपको सामान्य मर्मत गरेर केही दिन पानी सञ्चालन गरिएको भए पनि लगातारको वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर पाइपमा क्षति पु¥याएपछि बगरफाँटका बासिन्दा विगत २ महीनादेखि खोला र कुवाको पानी पानी बाध्य छन् । गाउँमा रहेका २८ धारामा पानी नआएपछि यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएको बेनी–२ बगरफाँटका गोपाल शर्माले बताए । सो स्थानमा २१४ घरधुरी छन् ।      २०६९ सालमा बेनी–३ भकिम्ली र बेनी–२ ज्यामरुककोटका सिमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ धारामा वितरण गरिएको थियो । ५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको थियो । यसपछि वर्षेनि बर्खाको समयमा बाढी र पहिरोले पाइपलाइनलाई क्षति पुर्‍याउँदा मर्मत गरी पानी सञ्चालन गर्ने गरिएकोमा यस वर्ष भने पाइप लाइन र मुहानलगायत सात ठाउँमा ठूलो पहिरो गएकाले सामान्य मर्मतले मात्र सम्भव नभएको आयोजनाका अध्यक्ष कृष्णबहादुर कार्कीले बताए । उनका अनुसार अझै केही दिनसम्म समस्या यथावत् रहने र वर्षा रोकिएपछि मर्मत अघि बढाइनेछ । गाउँका पुछारमा म्याग्दी नदी र शिरानमा आप्रे, उडाइनो, मुलछहरी, कोप्रे झरनालगायत पानीका आधा दर्जनभन्दा बढी स्रोत रहेको भए पनि ती स्रोतलाई व्यवस्थित गर्न नसक्दा यहाँका बासिन्दाले खानेपानीको समस्या खेप्दै आएका छन् । रासस

सम्बन्धित सामग्री

मान्म बजारमा खानेपानीको हाहाकार

खाँडाचक्र नगरपालिकाको रोटेपानी देखि ताला खोर सम्म पर्ने सडक माथिबाट आएको पहिरोले खानेपानीको पाइप लागेपछि कालिकोटको सदरमुकाम मान्म बजारमा ५ दिन यता देखि खानेपानीको हाहाकार भएको हो।...

बाढीले पाइप बगाएपछि खानेपानीको हाहाकार

म्याग्दीको दुधे खोलामा यही साउन पहिलो साता आएको बाढीले मुहान पुरेर पाइप बगाएपछि बेनी नगरपालिका–२ बगर फाँटमा खानेपानीको हाहाकार भएको छ ।यसअघि गत असार ९ गते पनि मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा बाढी तथा पहिराले मुहान र पाइप बगाएको थियो । स्थानीयले मुहान मर्मत गरेर नयाँ पाइप बिछ्याएर सञ्चालन गरेको खानेपानी यही साउन ३ गते दुधे खोलामा आएको बाढीले क्षति पुर्याएको हो ।  बगर फाँटमा पुनः खानेपानीको हाहाकार भएको छ । दुई सय आठ परिवार अहिले खानेपानीको जोहो गर्न समस्या भएको छ । यहाँका बासि

बाढीले पाइप बगाएपछि खानेपानीको हाहाकार

म्याग्दीको दुधेखोलामा यही साउन पहिलो साता आएको बाढीले मुहान पुरेर पाइप बगाएपछि बेनी नगरपालिका–२ बगरफाँट खानेपानीको हाहाकार भएको छ।...

म्याग्दीको बगरफाँटामा खानेपानीको हाहाकार

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको बगरफाँटमा खानेपानीको हाहाकार भएको छ । पानीको हाहाकार भएपछि स्थानीय बासीन्दा कुवा र खोलाको पानी खान बाध्य भएका हुन् । पहिरो र बाढीले खानेपानीको मुहान र पाइपलाइनमा क्षति पुर्याएपछि खानेपानीको हाहाकार भएको हो। खानेपानीको हाहाकार भोगिरहेका बगरफाँटबासीलाई बाढी र पहिरोको जोखिम पनि छ । मरुवा, उपल्लो खन्ना र बाङ्गे छहरोमा […]

बैतडीको खोड्पे बजारमा खानेपानीको हाहाकार

बैतडी – बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ स्थित खोड्पे बजारमा ५ दिनयता खानेपानीको हाहाकार भएको छ। बैतडी दार्चुला र बझाङ जिल्लाका यात्रुहरू आउने चौराहासमेत रहेको यस बजारमा खानेपानीको हाहाकार हुँदा यहाँ आउने यात्रु, व्यापारी र स्थानीयवासी मर्कामा परेका छन्। लिफ्ट प्रणालीको खानेपानी धारामा नआउँदा दैनिक दुईदेखि तीन हजार रकम खर्च गरेर टाढाबाट पानी मगाउनु […]

प्रधानमन्त्रीको गृहजिल्लामा खानेपानीको हाहाकार

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा खानेपानीको हाहाकार भएको छ । सदरमुकामसहित ग्रामिण क्षेत्रमा खानेपानीको हाहाकार भएको हो । बागबजार, तुफानडाँडा, खलङ्गा, किर्तिपुर र पोखरालगायतका क्षेत्रमा एक हप्तादेखि  खानेपानीको हाहाकार भएको...

बगरफाँटमा दुई महिनादेखि खानेपानीको हाहाकार

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा पहिरोले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि विगत दुई महिनादेखि खानेपानीको हाहाकार भएको छ । गत असार ७ गते पहिरोले मुहान र पाइप लाइन बगाइदिएपछि दुई सय बढी घर परिवारलाई खानेपानीको समस्या भएको हो । पाइपको सामान्य मर्मत गरेर केही दिन पानी आएपनि पुन समस्या देखिएको हो । स्थानीयहरु […]

कुश्मामा खानेपानीको हाहाकार

मनसुनजन्य विपद्का कारण खानेपानी आपूर्ति बन्द भएपछि सदरमुकाम कुश्मा नगरपालिकाका बासिन्दामा खानेपानीको हाहाकार मच्चिएको छ । कुश्मा– ४, ५, ६ र ७ का झण्डै एक हजार ६ सय घरपरिवार पाँच दिनदेखि आकाशे पानीको भरमा  छन् । गत मङ्गलबार राति वर्षासँगै आएको बाढीले कुश्मा – ८ चुवाको दोबिल्लामा रहेको सुन्दरे खोलामा खानेपानीको पाइप बगाएपछि खानेपानीको समस्या भएको हो । साविकको जिल्ला सदरमुकाम कुश्मा बजारमा चार दिनयता धारामा खानेपानीको आपूर्ति हुन सकेको छैन । खानेपानी आपूर्तिको जिम्मा लिएको शिव

एक हप्तादेखि खानेपानीको हाहाकार

लगातारको वर्षाका कारण खानेपानी मुहानका पाइप बगाउँदा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर तथा पिपल्लामा एक हप्ता यतादेखि खानेपानीको हाहाकार भएको छ । यहाँका बजारमा आपूर्ति हुँदै आएको खानेपानीको पाइप बाढी र पहिराले विभिन्न स्थानमा बगाएपछि  खानेपानीकोे समस्या उत्पन्न भएको छ । अविरल वर्षाका कारण आएको पहिराले सलेना खोला मुहानमा रहेको खानेपानीका पाइप बगाएका कारण खानेपानी आउन बन्द भएको राजपुर खानेपानी तथा उपभोक्ता समितिले जनाएको छ । बजारमा खानेपानी नभएका कारण यहाँका नागरिकलाई हातमुख धुन तथा शौचालय जानस...

उदयपुर गढीमा खानेपानीको हाहाकार

उदयपुर । पर्यटकीयस्थलका रुपमा चिरपरिचित रहँदै आएको गढी गाउँपालिकाको उदयपुर गढी क्षेत्रमा खानेपानीको चरम समस्या भएको छ । डेढ महिनादेखि सो क्षेत्रमा पानी लिफ्टिङ्ग गर्ने जेनेरेटर  बिग्रिएकाले खानेपानीको हाहाकार भएको हो ।  स्थानीय होटेल व्यवसायी तथा घरबास (होमस्टे) सञ्चालक कृष्ण धमलाले गढी क्षेत्रमा खानेपानीको समस्या भएको जानकारी दिए ।तीन किलोमिटर दूरीमा रहेको जोगिधाराबाट लिफ्टिङ्ग गरेर पानी तान्ने गरिएको थियो । यसबाट गढी गाउँपालिकाको कार्यालयसहित झण्डै ५० घरले पानीको उपयोग गर्दै आएका थिए