बाढीले काभ्रेका दुई ठूला खानेपानी आयोजनामा क्षति

काभ्रेपलाञ्चोक । इन्द्रावती नदीमा आएको बाढीले काभ्रेपलाञ्चोकका दुई ठूला खानेपानी आयोजनामा क्षति पुर्‍याएको छ । मेलम्ची हुँदै इन्द्रावती नदीमा गत असार १ गतेदेखि पटकपटक बाढी आउँदा पाँचखाल बृहत् शहरी खानेपानी तथा सरसफाइ आयोजना र तेमाल बृहत् सुक्खा–क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाको मुहानमा ठूलो क्षति पु¥याएको हो । लिफ्टिङ प्रविधिका पाँचखाल खानेपानीको मुहान इन्द्रावती नदी किनार र तेमाल खानेपानीको मुहान सुनकोशी नदी किनारमा छन् । यस वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका वडा नं २ र ३ को सिमाना सुनकोशी नदी किनार चुखाबेंँसीका कटान शुरू गरेको थियो । त्यससँगै यही साउन १७ र १९ गतेको बाढीले आयोजनाको मुहानको पक्की संरचनासमेत बगाएको उपभोक्ता समितिका अध्यक्ष संगामजित लामाले बताए । उनका अनुसार त्यहाँ निर्माण भएको ट्यांकीसमेत जोखिममा छ । ‘यस वर्षको अनपेक्षित बाढीले खानेपानीको मुहान क्षेत्रमा करोडौंको क्षति पु¥यायो, क्षतिबारे हामी अनुगमन गर्दछौं, क्षतिको प्रतिवेदन आउन बाँकी छ,’ लामाले भने । २०७२ असारमा सम्झौता भएको आयोजनाको काम गत साल मङ्सिरमा सक्ने लक्ष्य राखिए पनि कारोना महामारीका कारण कामको निरन्तरता नहुँदा केही धकेलिएको थियो । बाढीले क्षति पु¥याएको पुनर्निर्माण गर्दा केही समय अझै धकेलिने लामाले बताए । तेमाल क्षेत्रका ९ हजार ३१० परिवारका करीब ५५ हजार व्यक्तिका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो । भूकम्पलगत्तै खानेपानीका मूल सुक्दै गएपछि तेमालका केही बासिन्दा विस्थापित हुने तरखरमा थिए । तर बृहत् खानेपानी आयोजनाले रोकेको बताइन्छ । खानेपानी विभागमार्फत १ अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताको ९ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा करीब ९५ प्रतिशत काम सकिएको समितिका अध्यक्ष लामाले जानकारी दिए । उनका अनुसार सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइनेछ । यस्तै इन्द्रावती नदीको पहिलो र त्यसपछिको बाढीले पाँचखाल खानेपानी आयोजनाको मुहानमा निर्माणाधीन संरचनामा २ करोडभन्दा बढीको क्षति पुगेको उपभोक्ता समितिले बताएको छ । भुम्लु गाउँपालिका–१० बिमिरेस्थित मुहानका सबै संरचना ध्वस्त भई ठूलो क्षति पुगेको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए । उनका अनुसार मुहानको इन्टेक, २० ठूला पम्प, प्यानल बोर्ड, पाइप तथा प्रोटेक्सन वालमा क्षति पुगेको छ भने निर्माणार्थ राखिएको सय टिपरभन्दा बढी बालुवा र केही मात्रामा सिमेन्ट बगाएको छ ।      आयोजनाका सहायक व्यवस्थापक इन्द्रमानसिंह बस्नेतका अनुसार निर्माणाधीन संरचना सुरक्षाका लागि बनाइएको तटबन्धका केही बाहेकका सबै संरचना बाढीले बगाएको छ ।    रासस    

सम्बन्धित सामग्री

बाढीपछि माछा मार्नेको घुँइचो (फोटो फिचर)

धनकुटा : वर्षाका कारण नदिमा आएको बाढीले माछा बगाएर ल्याएपछि धनकुटाको मुलघाटस्थित तमोर नदीमा स्थानीयवासीहरू माछा मार्न घुइँचो लागेका छन्।वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथरमा जनधनको क्षति भए पनि धनकुटाको मुलघाट आसपासमा भने माछा मार्नेहरूलाई फाइदा पुगेको छ।तमोर तथा अरुण नदीमा बाढी आएपछि माछा मार्नेको भिड लाग्न थालेको छ।नदीमा लेदो सँगै ठूला ठूला माछाहरू बगरमा भेटिन थालेका छन्। तर, एकातिर बाढी आउने र अर्कोतर्फ माछा मार्नेहरूको भीड बढ्न थालेपछि जोखिम पनि उत्तिकै बढेको छ।नदीमा बाढी आएपछि एउटै म

बाढीले धेरै जनधनको क्षति गरेपछि अन्तर्राष्ट्रिय सहयोगका लागि पाकिस्तानको अपिल

बाढीले धेरै जनधनको क्षति गरेपछि पाकिस्तानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको  छ । अमेरिका, बेलायत, संयुक्त अरब एमिरेट्स र अरू देशहरूले सहयोग उपलब्ध गराउँदै आए पनि अझै धेरै सहयोगको आवश्यकता रहेको पाकिस्तानले बताएको बीबीसीले जनाएको छ । यो वर्ष जुनयता धेरै पानी परेर आएको बाढीका कारण पाकिस्तानमा ज्यान गुमाउनेको सङ्ख्या १ हजार ३३ जना पुगेको छ । भने दशौँ हजार विस्थापित भएका त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन निकायले जनाएको छ। देशको उत्तरपश्चिममा पर्ने खैबर पक्तुन्वा प्रान्तमा नदीका तटबन्धहरू भत्किएपछि ठूला...

डुम्रे–बेँसीसहर खण्ड अवरुद्व

भानु नगरपालिका–८ कुडुलेफाँट नजिकको खोलामा राखिएको ह्युमपाइप बगाएपछि डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्व भएको छ । खहरेखोलामा आएको बाढीले तीनवटा ह्युमपाइप बगाउँदा सडक भ्वाङ परेपछि सवारी आवतजावत रोकिएको हो ।आइतबार बिहानको अविरल वषापछिको बाढीले  ह्युमपाइपमा क्षति पु¥याएको थियो । साना सवारीसाधन वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा आए पनि ठूला सवारी रोकिएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।

ह्युमपाइप बगेपछि डुम्रे–बेँसीसहर खण्ड अवरुद्व

तनहुँ – भानु नगरपालिका–८ कुडुलेफाँट नजिकको खोलामा राखिएको ह्युमपाइप बगाएपछि डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्व भएको छ । खहरेखोलामा आएको बाढीले तीनवटा ह्युमपाइप बगाउँदा सडक भ्वाङ परेपछि सवारी आवतजावत रोकिएको हो । आइतबार बिहानको अविरल वषापछिको बाढीले ह्युमपाइपमा क्षति पुर्‍याएको थियो । साना सवारीसाधन वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा आए पनि ठूला सवारी रोकिएको इलाका प्रहरी कार्यालय […]

डुम्रे-बेँसीसहर खण्ड अवरुद्ध

काठमाडाैँ- तनहुँकाे भानु नगरपालिका-८ कुडुलेफाँट नजिकको खोलामा राखिएको ह्युमपाइप बगाएपछि डुम्रे-बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ। खहरेखोलामा आएको बाढीले तीनवटा ह्युमपाइप बगाउँदा सडक भ्वाङ परेपछि सवारी आवतजावत रोकिएको हो। आइतबार बिहानको अविरल वषापछिको बाढीले ह्युमपाइपमा क्षति पुर्‍याएकाे थियो। साना सवारीसाधन वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा आए पनि ठूला सवारी रोकिएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक […]

वर्षाले ठूला नदी उर्लिए, पाकेको बाली नाश हुँदा किसान मारमा

काठमाडौं, २ कात्तिक । बेमौसमी भारी वर्षाले देशका ठूला नदी उर्लिएका छन् । बाढीले ठूलो क्षति पुर्याएको छ । महाकाली नदी उर्लिएको छ । कर्णाली नदीले सतर्कता तह पार गरेको छ । नेपाल बाढी सूचनाले जुम्लास्थित तिला नदी सेरीघाटले सतर्कता तह पार गरेको जनाएको छ । खुटीया खोला, डोटीस्थित सेती नदी, गण्डकी, रंगुन नदीमा बहाव […]

इन्द्रावतीमा आएको बाढीले दुई ठूला खानेपानी आयोजनामा क्षति

२४ साउन, काभ्रेपलाञ्चोक । इन्द्रावती नदीमा आएको बाढीले  दुई ठूला खानेपानी आयोजनामा क्षति पुर्‍याएको छ । मेलम्चीहुँदै इन्द्रावती नदीमा गत असार १ गतेदेखि पटकपटक बाढी आउँदा पाँचखाल बृहत शहरी खानेपानी तथा सरसफाई आयोजना र तेमाल बृहत …

बाढीले दुई ठूला खानेपानी आयोजनामा क्षति

इन्द्रावती नदीमा आएको बाढीले यहाँका दुई ठूला खानेपानी आयोजनामा क्षति पुर्‍याएको छ। मेलम्चीहुँदै इन्द्रावती नदीमा गत असार १ गतेदेखि पटकपटक बाढी आउँदा पाँचखाल बृहत शहरी खानेपानी तथा सरसफाई आयोजना र तेमाल बृहत सुख्खा–क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाको मुहानमा ठूलो क्षति पुर्‍याएको हो।

बाढीले विजयपुरको डाइभर्सनमा पुनः क्षति

६ साउन, कास्की । गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेशको मुख्यद्वार पोखरा महानगरपालिका–१४ र २६ जोड्ने गरी विजयपुरमा निर्माण गरिएको डाइभर्सनमा बाढीले पुनः क्षति पुर्याएको छ । आइतबार रातिको बाढीले डाइर्भसनमा क्षति पुर्याउँदा आज बिहानबाट ठूला यातायातका …