निर्वाचन आयोगले पर्सा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधि सभाका नेपाली काँग्रेसका उम्मेदवार रमेश रिजालले स्पष्टीकरण सोधेको छ । आयोगले सोमबार पर्साका आचारसंहिता अनुगमन अधिकृत प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीलाई धम्की दिएको सम्बन्धमा स्पष्टीकरण सोधेको हो ।आचारसंहिता विपरीतका निर्वाचन प्रचारप्रसार सामग्री हटाएको विषयमा रिजालले कार्कीलाई धम्की दिएको विषयमा आयोगमा लिखित उजुरी आएको आयोगले जनाएको छ । निर्वाचन ऐन, २०७३ को दफा २० को उपदफा (१) को खण्ड (घ)अनुसार निर्वाचनमा संलग्न कर्मचारी