राष्ट्रपति भण्डारीद्वारा नवदुर्गाको प्रसाद ग्रहण

भक्तपुर : बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गरेकी छिन्। सो अवसरमा राष्ट्रपति भण्डारीलाई नवदुर्गा मन्दिरका नाइके कृष्णकुमार वनमालाले नवदुर्गाको पूजा एवं दर्शन गराएर नवदुर्गा भवानीको जमरा एवं टीका, प्रसाद,

सम्बन्धित सामग्री

राष्ट्रपतिले भक्तपुर पुगेर गरे नवदुर्गाको पूजा

भक्तपुर । बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित नवदुर्गा मन्दिरमा गई पूजाअर्चना गरेका छन् । सो अवसरमा प्रथम महिला सविता पौडेल पनि सहभागी थिइन् । राष्ट्रपति पौडेललाई नवदुर्गा मन्दिरका मूल नाइके सूर्यमान वनमाला, मूल पुजारी रमेश कर्माचार्यलगायत सहायक नाइकेहरूले नवदुर्गाको प्रसाद प्रदान गरे । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन […]

कोजाग्रत पूर्णिमामा राष्ट्रपतिद्वारा नवदुर्गाको विशेष पूजा

भक्तपुर । कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित नवदुर्गा मन्दिरमा नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका, प्रसाद ग्रहण गर्नुभएको छ । प्रथम महिला सविता पौडेलसहित राष्ट्रपति पौडेलले नवदुर्गाको विशेष पूजा गर्नुभएको हो । राष्ट्रपतिले नवदुर्गालाई ८४ व्यञ्जन अर्पण गर्दै विशेष पूजा गर्नुभयो । साथै उहाँले नवदुर्गा नाचसमेत अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सङ्कल्प पूजा गराएका थिए । त्यसैगरी नवदुर्गाका मूल नाइके कृष्णकुमार बनमाला, सहायक नाइकेहरू भैलबहादुर बनमाला र इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद प्रदान गरेका थिए ।  राष्ट्रपति पौडेलले नवदुर्गा देवगणको दर्शन पनि गर्नुभएको थियो । विगतका वर्षमा नवदुर्गा मन्दिर प्रवेश गरी राष्ट्रप्रमुखले दर्शन गर्ने परम्परा रहेकामा यो वर्ष मन्दिरको प्राङ्गणमा विशेष पूजा गरिएको थियो ।  राष्ट्रपति पौडेललेलाई बागमती प्रदेशका पशुपक्षीमन्त्री डा. राजेन्द्रमान श्रेष्ठ, बागमती प्रदेशसभा सदस्यद्वय किरण थापा र सुरेश श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौला, गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख खिमा वलीले स्वागत गरेका थिए ।  मल्लकालदेखि राजाहरूले नवदुर्गाको पूजा आए पनि बीचमा यो परम्परा टुटेको थियो । विसं २०४५ को भूकम्पपछि दैवीप्रकोपबाट देश र जनतालाई जोगाउने विश्वासमा तत्कालीन राष्ट्रप्रमुखले यो पूजालाई निरन्तरता दिएको नवदुर्गा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायणप्रसाद बनमालाले जानकारी दिए । रासस

भक्तपुरमा निस्किए नवदुर्गा देवगण, नृत्य गर्दै नगर परिक्रमा

भक्तपुर : कोरोना भाइरसको संक्रमणबीच सुरक्षा सतर्कता अपनाउँदै भक्तपुरमा नवदुर्गा नाच भइरहेको छ। कोजाग्रत पूर्णिमाको दिन नवदुर्गा देवगणहरुले शनिवार नगर परिक्रमा गरेका छन्। कोजाग्रत पूर्णिमाको दिन राष्ट्रपति नवदुर्गा मन्दिर जाने प्रचलन रहेपनि यसपटक संक्रमणका कारण राष्ट्रपति मन्दिर पुगिनन्। यस पटकको नवदुर्गाको प्रसाद भने शीतल निवास पुर्‍याइएको छ। शनिवार दिउँसो नवदुर्गा देवगणहरु नवदुर्गा

नवदुर्गाको प्रसाद शीतल निवास पठाइने

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारी बडादशैँको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा देवगणको दर्शन र प्रसाद ग्रहणका लागि यस वर्ष भक्तपुर नआएपछि नवदुर्गाको प्रसाद राष्ट्रपति निवासमा पठाउने तयारी भएको छ । कोरोना भाइरसरको महामारीका कारण राष्ट्रपति भक्तपुर नआएपछि देवगणले आउँदो मङ्गलबार नवदुर्गालाई विः ट्ङकेगु (महानवमी...

नवदुर्गाको प्रसाद शीतल निवास पठाइने

राष्ट्रपति विद्यादेवी भण्डारी बडादसैंको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा देवगणको दर्शन र प्रसाद ग्रहणका लागि यस वर्ष भक्तपुर नआउने भएपछि नवदुर्गाको प्रसाद राष्ट्रपति निवासमा पठाउने तयारी भएको छ।