राष्ट्रपति विद्यादेवी भण्डारी बडादसैंको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा देवगणको दर्शन र प्रसाद ग्रहणका लागि यस वर्ष भक्तपुर नआउने भएपछि नवदुर्गाको प्रसाद राष्ट्रपति निवासमा पठाउने तयारी भएको छ।
भक्तपुर : कोरोना भाइरसको संक्रमणबीच सुरक्षा सतर्कता अपनाउँदै भक्तपुरमा नवदुर्गा नाच भइरहेको छ। कोजाग्रत पूर्णिमाको दिन नवदुर्गा देवगणहरुले शनिवार नगर परिक्रमा गरेका छन्। कोजाग्रत पूर्णिमाको दिन राष्ट्रपति नवदुर्गा मन्दिर जाने प्रचलन रहेपनि यसपटक संक्रमणका कारण राष्ट्रपति मन्दिर पुगिनन्। यस पटकको नवदुर्गाको प्रसाद भने शीतल निवास पुर्याइएको छ।
शनिवार दिउँसो नवदुर्गा देवगणहरु नवदुर्गा