भक्तपुरमा निस्किए नवदुर्गा देवगण, नृत्य गर्दै नगर परिक्रमा

भक्तपुर : कोरोना भाइरसको संक्रमणबीच सुरक्षा सतर्कता अपनाउँदै भक्तपुरमा नवदुर्गा नाच भइरहेको छ। कोजाग्रत पूर्णिमाको दिन नवदुर्गा देवगणहरुले शनिवार नगर परिक्रमा गरेका छन्। कोजाग्रत पूर्णिमाको दिन राष्ट्रपति नवदुर्गा मन्दिर जाने प्रचलन रहेपनि यसपटक संक्रमणका कारण राष्ट्रपति मन्दिर पुगिनन्। यस पटकको नवदुर्गाको प्रसाद भने शीतल निवास पुर्‍याइएको छ। शनिवार दिउँसो नवदुर्गा देवगणहरु नवदुर्गा

सम्बन्धित सामग्री

धुलिखेलमा माछा मार्ने जात्रा प्रदर्शन

भक्तपुरबाट निकालिने ऐतिहासिक नवदुर्गा देवगण ङालाकेगु जात्रा (माछा मार्ने जात्रा) मङ्गलबार धुलिखेलमा प्रदर्शन गरिएको छ । नवदुर्गा देवगणका विभिन्न नेवार बस्ती परिक्रमा गर्ने क्रममा धुलिखेल नगर परिक्रमा गरी नृत्य प्रदर्शन गरिएको हो । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि भक्तपुरको नवदुर्गा धुलिखेलमा ल्याइने चलन रहेको नवदुर्गा देवगण नारायणमान वनमालाले जानकारी दिनुभयो । धुलिखेलमा जात्रा सकिएलगत्तै नवदुर्गा श्रीखण्डपुर र चौकोट लगिने छ । नगरपालिकाले नवदुर्गा जात्राका अवसरमा मङ्गलबार स्थानीय पर्वका रूपमा बिदा गरेको छ । धुलिखेल नगरपालिकाको आयोजनामा नवदुर्गा देवगणलाई द्यो ब्वयकेगु (ठुलो भोजनग्रहण) गराइएको छ । धुलिखेलवासी नवदुर्गा देवगणलाई आफ्नो कुल देवताका रूपमा पुज्दै आएका छन् ।