आज बुवा (पोष्टबहादुर बोगटी) को जन्मदिन । बुवा हामीमाझ नहुँदाको सात वर्ष हामीले कटाइसकेका छौँ । आजको दिन मेरा लागि विशेष छ । बुवा जनयुद्धले जन्माएको एउटा आदर्श निष्ठावान् चरित्र, विचार र नेतृत्वप्रतिको समर्पण फिल्डमा खटिने तथा नेतृत्व र कार्यकर्ताबीचको संवादको पुल हुनुहुन्थ्यो ।‘मेरो राजनीतिक जीवनलाई यति सम्मानित बनाउन परिवारको ठुलो भूमिका छ । पढ्नमा तीक्ष्ण हुँदाहुँदै पनि छोराले स्कुल जीवनदेखि राजनीति गरी भूमिगत जीवनमा पार्टीको जिम्मेवारी निर्वाह गर्दागर्दै सहिद भयो । जेठी छोरी स्कुल