२ वैशाख, काठमाडौं । नेपाल एपीएफ क्लबले प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा एपीएफले नेपाल प्रहरीलाई २५–२०, १८–२५, २५–१६ र २५–२२ को सेटमा पराजित गर्यो । उपाधिसंगै एपीएफले समूह चरणमा प्रहरी विरुद्ध व्यहोरेको हारको बदला पनि लियो । लिगको […]
काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबारको खेलसँगै राजधानीमा जारी प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिगको अन्तिम खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट गुमाएपनि एपिएफले […]
पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई जग्गा उपलब्ध गराउन मन्त्रिपरिषद्ले आवश्यक निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद् नुवाकोटको विदुरमा रहेको सो शिक्षालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने निर्णय भएको हो । विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले सरकारको निर्णयसँगै शिक्षालयको नाममा १४२ रोपनी लिजमा लिन बाटो खुलेको बताइन् । ‘पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय विदुर नुवाकोटको नाममा १४२
-नारायण नेपालसमयको गतिसँगै कमरेड दिवाकर (पोष्टबहादुर बोगटी) को निधन भएको ७ वर्ष पुगेछ । मनमा अनेकन् प्रश्नहरू घुमिरहे । जम्माजम्मी ७ वर्षमा कता–कता हराएजस्तो, धुमिल भएजस्तो देखिँदै गयो कमरेड दिवाकर (पोष्टबहादुर बोगटी) को त्याग, निष्ठा र आदर्शको राजनीति ! किन होला ? त्योभन्दा बढी बारम्बार मनमा उठिरहेको एउटा कौतुहल थियो, जो यो जीवनमा पूरा नहुने निश्चित छ ।पहिलोपटक धक लागेको थियो उहाँलाई प्रश्न सोध्न । तैपनि साहस गरेर सोधेको थिएँ, विद्यार्थी संगठन अखिल क्रान्तिकारी नुवाकोटको प्रकाशन थियो छाल